नेपाल प्रहरिको केन्द्रीय अनुसन्धान ब्यरोले केहि पहिला चिकीत्कसहरु नक्सलि सर्टिफिकेट लिएर डाक्टर बनेको थाहा पाए पनि अपरेसन चलाउदा छ्यापछ्याप्ती नाम चलेकै नक्कली डाक्टर भेटिएका थिए । तिनले गरेका कामले कति सफलता पाए होलान ? कति बिरामी बिचराको अनावश्यक पैसा खर्च भयो होला ?कतिले ज्यान गुमाउनु परेको होला ?अनुसन्धानको बिषय हुन सक्छ । तर् त्यो अपरेशनले प्रमाणित गरेको कुरा भनेको त्यति संबेदनशिल क्षेत्रमा त त्यस्तो धन्दा छ भने , अन्य जुनसुकै क्षेत्रमा पनि गलत काम , गलत धन्दा अगाँल्नेको खंख्या हुन सक्ने अनुमान गर्न सकीन्छ ।
अस्ती मात्रै नुवाकोटमा भएको हेलिकोप्टर दुर्घटनालाई अचम्म र आश्चर्यचकित भएको मान्न सकिदैन । बेलाबेला भइरहने नेपाली असुरक्षित आकासको दुर्घटनालाई ख्याल गरेर होला , युरोपियन युनियनले सन् २०१३ डिसेम्बर ५ देखि अर्थात २०७० मंसिर ८ देखि कालोसुचिमा राखेको छ । कालोसुची प्रत्येक ६ महिनामा हेरफेर गर्ने र हटाउने गरिन्छ । ६ महिना नबित्दै हुने हवाई दुर्घटना नरोकिए पछि उतm स्थीति यथावतनै छ । अन्तराष्टीय उड्ययन सम्बन्धी न्युनतम मापदण्ड पालाना नहनु, नियमन र सम्बन्धीत निकायको लाचारिपन यसका प्रमुख कारण हुन सक्छन । बेलाबेलाका यि घटनाले नेपालको उड्ययन क्षेत्र असुरक्षित रहेको सन्देश बारेमा विश्व जानकार नै छ । मापदण्ड सम्बन्धी नियम पालना नगराउन पहल गर्ने र उक्त पहलको खुसामदीमा मापदण्ड पालनालाई कडाइका साथ लागु नगर्ने नियामक निकायका पदाधिकारीको आचरण नै यस क्षेत्रका बाधक हुन् भन्ने कुरा पनि छन। अर्को महत्वपुर्ण कुरा त मानविय त्रुटिले हुने गरेका बिगतका अनसुन्धान जस्तै नुवाकोटको अस्तीको दुर्घटना पनि उस्तै रहेको भन्ने छानबिन समितीले खुलाएको छ । अब प्रश्न उठ्छ , के नक्कली पाइलटहरुले आकास हाँकिरहेका छ होइनन ? नक्कली डाक्टर जस्तै तिनीहरुपनि उहि बाटो हुदै आएका त होइनन् ? कति छन् नेपालमा नक्कली पाइलट ? कहिले सम्म दुर्घटना दोहोरिरहन्छन यहाँ ।
यी प्रश्नहरुको समाधान खोज्नु अहिलेको आवश्यक बिषय हो । सार्क राष्टमा अफगानिस्तान र नेपाल मात्रै इ यु को कालो सुच्मिा सुचिकृत छन । अफगानिस्तान जारि द्धन्दबाट पिडित छ । तर नेपालमा द्धन्द्ध सकिएको छ । तर के कारणले यहाँ आकास दुर्घटना भइरहेका छन ?समाधानात्मक अनुसन्धान र कार्य अगाडि बढ्नु पर्छ ।
व्यवस्थापिका–संसद्को सुशासन तथा अनुगमन समितिको हिजोको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव प्रेमकुमार राईले हवाई उडान भर्नुअघि चालकको स्वास्थ्य परीक्षण गर्ने नीति, उडान गर्ने उपयुतm वातावरण नहुदा नहुदै हने जोखीम आादि चालकका बानीब्योहोराले पनि दुर्घटना हुने गरेको स्वीकारेका छन र आगामि दिनमा कडाईका साथ लागु गरिने भनेका छन् । यसबाट बिगतमा आवश्यक परीक्षण नहुने गरेको , बेवास्ता रहेको प्रष्टै पार्छ । आबश्यक ब्यबस्थापन , चालकको लापर्बाही , तालिम , चालक सक्कली हो की नक्कली भन्ने सम्मन प्रश्न गर्न थालेका छन । त्यसैले सम्बन्धीत सबै सरोकारवालाले जोखिम न्युनिकरण र छिनछिनको राष्ट्रीय लज्जाको बिषयका सम्बन्धमा आवश्यक कदम चाल्न जरुरी छ ।
No comments:
Post a Comment