भगवान कृष्णको जन्म
करिब ५ हजार बर्ष अगाडि मथुराका राजा उग्रसैन का पुत्र कसं निष्ठुरि र कठोर थिए । आफ्नी बहिनी देबकीलाई माया गरेनि जब सामाजिक रुपमा देखाउने उनको ब्यबहारले त्रास गाउँ गाउँ सम्मै हुन्थ्यो । जब देबकीको बिवाहको कुरा चल्यो कसं रथ हाक्दै दुलाहा बासुदेवको घरमा पुग्ने तरखर हुदा अदृश्य आवाज हरु सुनिए । जसमा कसंलाई इंगित गर्दे आवाजले भनिरहेको थियो , हे कसं तिमि किन यति खुशी छौ? याद गर जुन बहिनीलाई तिमीले अहिले रथमा चढाएर अन्माइरहेका छौ , तिनी बाट जन्मने सन्तानले निम्रो नाश गर्ने छन। जसमा तोकेरै भनिएको थियो । देबकीको ८ औं सन्तानले तिमीलाई मानेैछ । यस्तो सुन्ने बित्तिकै क्रोध र रोसले ग्रसित भएका कसंले देबकीलाई तरवारले सिध्याइदिन निर्मम कदम चाले । तर, साथमै रहेका बासुदेबले सम्झाउदा , उनि केहि स्टेप पछि हटे र दुबैलाई जेलमा हाल्ने निधो गरे । बासुदेवले वाचा गरेका थिए , सबै सन्तानलाई म हजुर समक्ष नै हस्तान्तरण गर्छौ । र बिस्तारै जन्मीएका सबै सन्तान का बारेमा जानकारि लिदै , निर्मम हत्या गर्ने काम कसंले जारि राखे । यसरि ६ वटा निर्दोश शिसुको हत्या गर्ने कार्य सम्म उनि सफल नै थिए ।
जव ७ औ सन्तानका लागि देबकि गर्भवती थिइन । अचानक त्यो गर्भ जादुमय रुपमा बासुदेवकी गोकुलमा रहेकी अर्की पत्नी रोहीणीको गर्भमा स्थानान्तरण भयो । उहाँको नाम बलराम रह्यो । जब देबकी ८ औ सन्तानका लगि गर्भवती थिइन, यो साउनको ८ औ दिन जति थयो , अकस्मात , आकास गज्र्यौ , भारि बर्षा भयो , बिजुलि चम्की राखेको थियो र आकास कालो थियो । भगवान बिष्ण्ुा देवकी र बासुदेबको जेलमा उपस्थीत हुनु भयो । र भन्नुभयो , हे देवकी , हे बासुदेव , म हजुरहरुको इज्छा पुरा गर्न लाई तपाईको सन्तानको रुपमा जन्म लिदै छु । र बासुदेव सगँ, त्यो शिशुलाई गोकुलमा तुरुन्त लग्न आग्रह गर्नु भयो । मध्यरातमा जन्मलिएका बालकलाई छाप्रोमा राखेर बासुदेबले गोकुल तर्फ लानुभये ।
त्यहा जेलको ढोका खुल्यो , सबै चौकिदार , कसं सबै निदाइ रहेका थिए । बाहिर पानि परिरहेको थियो । नागशेषले पानि बाट ओतलगाएर वासुदेव हिडिरहेका थिए । एक्कसि ठुलो यमुना बिस्तारै घट्यो । र बासुदेब गोकुल पुग्न सफल हुनु भयो । जहाँ नन्दगोपाल कि पत्नी यसोदाले एउटा वच्चीकी जन्म दिएकी थिइन । त्यही बच्ची लाई टपरीमा राखेर बासुदेव मथुरा फर्के र जेलमा पुग्ने बित्तीक्कै ढोका बन्द भए । जहाँ बच्चाको आावाज सुन्ने बित्तिक्कै चौकिदार जुरुक्क उठे , कसंले पनि ८ औ सन्तान जन्को खबर पाए । र उनि जेल तिर लागे । त्यो बच्ची लाई देख्ने बित्तिक्कै हातमा समात र तरवार उठाए । तर, एक्कासी ती बच्ची हातबाट फुत्केर दुर्गा देबिको रुपमा प्रकट हुनु भयो । र दुर्गा देबिले भनिन , हे राक्षस कसं तिमीलाई विनाश गर्ने ८ औ बच्चा देवकी कोखबाट जन्मीसकेको छ र गोकलमा छ । जब समय आउछ अबश्यनै उसले तिम्रो राम्रो उपचार गर्नेछ भन्दै बिलीन भइन् । र कसं निकै भयमुतm र आक्रोसयुतm जिवनमा प्रबेश गरे । यसरि यो बिचको अबधिमा कसंले कृष्ण लाई मार्नमा सखाप पार्न अनेकौं कोशिस , अनेकौ प्रयास गरे । तर, भगवान कृष्णले उनी दया गरे र कसं कृष्ण हातबाटे बध भए । अथवा उनको उद्धार भयो ।
भगवान कृष्ण जन्मको अर्थ
भगवानको जन्म सामान्य मानिसको जस्तो नभई दिब्य हुन्छ । भागवत् गितामा भगवान कृष्णका परम मित्र अर्जुनले भगवान कृष्णको जन्ममा बिषयमा जिज्ञासा राखेपछि भगवानले त्यसको जवाफ दिनुहुन्छ ।
भागवत्गीताको अध्याय ४ मा श्लोक ५ देखिनै भगवानले आफ्नो जन्मको रहस्यबारे जानकारि गराउदै भन्नुहुन्छ । हे परन्तप अर्जुन तिम्रा र मेरा धेरै धेरै जन्महरु बितिसके । मलाई ती सबैको सम्झना छ तर तिमीले सम्झन सक्दैनौ । यसैगरि श्लोक नम्बर ७ मा भन्नुहुन्छ । यदा यदा हि धर्मस्य ग्लानिर्भवति भारत ।
अभ्युत्थानमधर्मस्य तदात्मानं सृजाम्यहम् ।।
अर्थात हे भरतवंशी अर्जुन जहाँ जहाँ र जहिले जहिले धर्मको पतन र अधर्मको उन्नति हुन लाग्दछ त्यस समय त्यस ठाँउमा मैले अवतार लिन्छु । भगवान आफ्नो निश्चित कार्यक्रमअनुसार ब्रह्माजीका एक दिनमा पर्ने सातौं मनुका २८ औं युग अन्तर्गतको द्धापर युगको अन्त्यमा प्रकट हुनुहुन्छ किनभने उहाँ आफ्नो इच्छाअनुसार काम गर्न स्वतन्त्र हुनुहुन्छ । त्यसैले जहिले जहिले धमैका् हानि र अधमैका् ृन्नति हुन प्रारम्भ हुन्छ । भगवान स्वेच्छाले प्रकट हुनुहुन्छ । धर्म तु साक्षात भगवत्प्रणीतम् धर्म भगवानको नियम हो । भगवत्गितामा धर्मका यिनै नियमहरुको स्पष्ट संकेत गरिएको छ । र अन्त्यमा भगवान्ले स्पष्ट भन्नुभएको छ , धर्मको सर्वेच्च सिद्धान्त भन्नु नै भगवान्को शरणागति हो अरु केहि होइन । कसंको आसुरिपन लगायतले उहाँ अवतरण हुनुभएको कुरा स्पष्ट छ । श्रिमदभागवत् पुराणबाट के हामि के थाहा पाउदछौ भने , बुद्ध भगवान् कृष्णकै अवतार हुनुहुन्छ । उहाँको अवतार तव भएको थियो । जब भौतिकबाद र भौतिकबादि मानिसहरु उग्रबन्दै थिए । आसुरीस्वभावका मानिसहरु बैदिक विधिको पालना नगरीकन पशुवलिलाई मात्रै अपनाइरहेका थिए । यहि हिंस्रक अनाचारलाई रोक्न र वैदिक अहिंसाको स्थापना गर्न गौतम बुयहि हिंस्रक अनाचारलाई रोक्न र वैदिक अहिंसाको स्थापना गर्न हिंस्रक अनाचारलाई रोक्न र वैदिक अहिंसाको स्थापना गर्न गौतम बुद्धको अवतार भएको हो । अवतार फरक फरक ठाउँमा हुन सक्छ । केवल उद्धेश्य भने एउटै रहन्छ । त्यो हो , मानिसलाई कृष्णभावनाभावित बनाउनु र धार्मिक नियमहरुप्रति आज्ञाकारी बनाउनु । उहाँ कहिले स्वयम आउनुहुन्छ त कहिले प्रामाणिक प्रतिनिधिहरुलाई पुत्र वा सेवकका रुपमा पठाउनुहुन्छ ।
४ अध्यायकै श्लोक नम्बर ८मा भगवान कृष्णले अर्को कुरा बताउनु भएको छ । त्यो हो
परित्राणाय साधुनां विनाशाय च दुष्कृताम् ।
धर्मसंस्थापनार्थाय सम्भवामि युगे युगे ।।
भक्तहरुको उद्धारकालागि , दुष्टहरुको विनाशका लागि र धर्मको पुनस्थापना गर्नका लािग म हरेक युगमा प्रकट हुन्छु । भगवान्ले यहाँ दुष्कृताम् शब्द जोड्न भएको छ । जसको अर्थ कृष्णभावनाभारहित दुष्ट , मुर्ख वा नराधम भन्ने बुझीन्छ । आसुरी ब्यतmीहरुको बिनाश गन उहाँ आफ्ना प्रतिनिधी मार्फत नै सखाप पार्न सक्नुहुन्छ तर्र निष्काम भतmहरुको सन्तुष्टीको
लािग उहाँ स्वयं अवतार लिनुहुन्छ । असुरहरु नातेदार हुन सक्छन, तैपनि सताउनु भने छोडेदैनन् । यहाँ भगवान कृष्णकी आम देवकीकी बहिनी थिइन तर कसं को कु्ररता,अनि बिष्णु भतm प्रह्लाद आफ्नै पिताबाट पिडित थिए । कसं र हिरण्यकशिपुको संहारका लागिमात्र नभएर देवकि र प्रह्लादको खुशिको लागि पनि भगवान अवतरित हुनुभयो । भगवान कृष्ण हरेक कराका उद्गम स्रोत हुनुहुन्छ । भगवानले प्रत्येक युगमा अवतार लिने कुरा अर्जुन लाई बताउनु भएके छ । त्यसैले श्रीमद् भागवतमा भनिएको छ श्रीचैतन्य महाप्रभुनै कृष्णको कलियुगी अवतार हुनुहुन्छ । उहाँके कृष्णभावनाभावित बनाउने आन्दोलन संसारै भरि हरेक गाउँ सहरमा फैलने पनि उहाँले भविष्यबाणि गर्नुभएको थियो । उपनिषद् महाभारत र तभागवत्जस्ता ग्रन्थहरुमा गोपनिय स्थलहरुमा अप्रत्यक्ष रुपले चैतन्य महाप्रभु भगवान् श्रि कृष्णकै अवतार हुनुहुन्छ भन्ने कुराको वर्णन गरिएको छ । त्यसैले भतmहरु संकिर्तन आन्दोलनबाट निकै आर्कषित छन् र भगवानको प्रचार पसारकानिम्ती आन्दोलित पनि छन ्। यस अहैतुकी कृपाद्धारा असुरहरुको उद्धार गर्ने भगवानको कृपा हो । ९ औं श्लोकमा भगवानले भन्नुभएको छ । जसले मेरो जन्म र कर्मको दिव्य स्व्भावलाई बुझ्दछ , त्यसले यो शरीर छोडेपछि भौतिक संसारमा फेरि जन्म लिनु पर्देन, बरु उसले त मेरो सनातन धाम नै पा्रप्त गर्दछ । तसर्थ, भगवानको दिव्य जन्म कर्मलाई बुझ्नु अपरिहार्यता हो । जसरी मह राखेको भाडाँलाई बाहिरबाट चाटेर त्यसको स्वाद पाउन सकिन्न त्यसै गरी सासांरिक किसिमको बिद्धत्तालृ भगवद्गीता अथवा भगवानको ब्याख्या गरेर भगवान प्राप्त गर्न सकिदैन । बुझेर त्यो भाव , बिधी , र निर्देशनलाई पालना गरि हामी भगवान प्राप्ती गर्न सक्दछौ भन्ने कुरा भग्वान स्वयमंले भन्नु भएको छ ।

No comments:
Post a Comment