गोबिन्द के सी कार्यरत अस्पतालमै खड्काले किन गरे आत्महत्या?
नेपालकै प्रतिस्ठीत एबं सुबिधा सम्पन्न शिक्षण अस्पताल मा सोमबार राती जसरि १९ बर्षका बिजय खड्काले चरम आर्थिक अभावमा आन्महत्या गरे यसले यो देशको गरिबीपन सगँ बाचिरहेका मृगौला बिरामी नागरिकको जमात लाई त प्रतिनिधीत्व गर्छ नै डाक्टर , नेता , राजनिती अनि सरकारि अस्पतालहरुको उदागों चरित्र पनि प्रष्ट देखाउछ । दुबै मृगौला फेलभएका खड्का बिगत ९ महिनादेखि सरकारि फ्री डायलाइसीस सेवा अन्तर्गत शिक्षण अस्पतालमा उपचार गराईरहेका थिए । दोलखा घर भएका खड्कापरिवारले आफ्नै पहलमा खर्च जुटाईरहेको थियो । र उपचारका लागी आवश्यक खर्च जुटाउन नेता , नेतृत्व , राजनैतिक पार्टि अनि आम मानिसहरु सगँ पहलकदमी निरन्तर राखेको थियो । अन्तत आर्थिक अभाव र शिक्षण अस्पतालको प्रसाशनको कमिले विजयले मृत्यु अगाँल्नु परेको दुखद खबरले यो देशमा गरिबले बाच्नु पाउने अबस्था समेत रहेनछ भन्ने तस्बीर आज देखाएको छ ।
नेता ,नेताका आफन्तहरु सामान्य बिरामी हुदा पनि बिदेशमा सरकारि रकममा करोडौ खर्च गर्ने कुरा सर्ववितीतै छ । छोराको उपचारको लागि खर्च जुटाउनु देशमा भएका राजनैतिक पार्टि हरु , नेताहरु झन् आफ्नै ठाउँबाट प्रतिनिधीत्व गर्ने नेताहरुलाई अनुरोध गर्दा पनि ति सबै प्रयासहरु बिफल भएको बुवा शिववहादुर खड्काले बताएका छन् । डाक्टरहरुले यहाँ निको हुदैन भने पछि बिजय झनै आत्महत्याको नजिक पुगे । पैसा छैन भने घरमा लैजाउ भन्ने सम्म डाक्टरहरुले भन्नेगरेको उन्का दाजु बिनित खड्का बताउछन् । यो सबै देखेर आत्महत्या गर्ने निर्णयमा बिजय पुगे । र शिक्षण अस्पताल महाराजगन्जको आगनमै उनले आत्महत्या गरे । बिरामी वार्डाको ३ तलाबाट हामफालेर गम्भीर घाइते हुनुभन्दा अगाडि उनले सुसाइड नोट लेखिसकेका थिए । यसबाट उनि आत्महत्याकै लागि भनेर हामफालेको कुरा प्रष्ट देखाउछ । अन्तत उनि बाच्न सकेनन् र मृत्यु अगाँल्नु पर्यो । उपचार खर्चको जोहो गर्न भन्दै नेता देखि मन्त्री सम्म पुग्दा पनि कसैले केहि सहयोग नगरेको नाम किटेरै वुवाले बताए ।
अस्पतालमा भएका बिरामीको सुरक्षाको ब्यबस्था गर्ने जिम्मेवारि अस्पताल प्रशासनको हो । बिरामीको मिठो र प्रेरणादायी बोली बाटै उपचार गर्ने गुण डाक्टरहरुको हो । यहाँ दुबै निकाय गैर जिम्मेवार देािखएको कुरा प्रष्ट छ । स्वास्थ्य क्षेत्रमा देखिएका बिकृतीहरुको अन्त्यहुनुपर्ने माग राख्दै आमरण अनशन बस्ने गोविन्द के सि त्यहि शिक्षण अस्पालकै डाक्टर हुन । शिक्षण अस्पताल पनि त्यस्तो रहेछ भन्ने कुराबाट गोबीन्द के सीले आफ्नै अस्पतालमा ब्यबस्था गर्न सकेका रहेनछन् भन्ने कुरा पनि देखाएको छ । नत भने त्यहा किन त्यस्तो अस्पतालको गैरजिम्मेवारि देखियो त । जवाफ केसीले पनि दिनु पर्दछ ।
विजय खड्का एउटा सतहमा आएको उदाहरण मात्र हनु । यहाँ बिर हस्पीटल बाहिर , या अन्य देशका कुना कन्दरामा उपचार नपाएर , उपचार गर्ने ठाउँको अभावमा कतिले ज्यान गुमाएका खबर मौफसलमै सिमित हुन्छन् । यो यस देशको बास्तबिकता हो । हुन त लोकतन्त्रमा मानवले बाच्न पाउने , खान पाउने , लगाउनु पाउनु पर्ने अधिकार हरुसगैँ उसको स्वास्थ्य , रोजगारिको अधिकार पनि त्यहि तवरको हो । यसको रक्षा कसले गर्ने यी कुराहरु आज देशमा किन सम्भव बन्न सकिरहेका छैनन् त ? देशमा देशका जनताको हितमा हुने भनेको सत्ता किन देश र जनताको हितमा हुन सकेन ? कुर्सि नपाउन्जेल सम्म मात्रै हो कि क्या हो ? हिजो भाषण गर्ने गगनथापाहरु आजको स्वास्थ्यमन्त्री छन् । स्वास्थ्य क्षेत्रमा समस्या यति मात्रै होइन ? मनपरि कर्मचारि तन्त्र , तिनीहरुको छाडापन गैर जिम्मेवारिपन हिजो र आज उस्तै छ । गोबिन्द के सि फेरि अनसन बस्ने सुर छोडेका छैनन । बिश्व स्वास्थ्य सगँठनले मानिस सामाजिक , शारिरीक र मानसिक रुपमा ठिक स्वच्छ रहेको अबस्था नै स्वास्थ्य भनेको छ । यसमा शारिरीक अबस्था महत्वपुर्ण बन्दछ । उसको भौतिक शरिरलाई चाहिने आवश्यकता पुरा गर्ने तर्फ देशको , राष्ट्रको जिम्मेवारि हो । आफ्ना नागरिक लाई आफु भएको अनुभुति दिन नसक्ने सरकारको नागरिकले नै धिक्कर गरे अथवा अस्तीत्व भेट्टाएनन भने त्यहाँ शुन्यता रहन्छ । यसर्थ देशको बिद्यमान स्वास्थ्य क्षेत्रमा देखिएको समस्याको समाधानमा जति र जसरि सरकार अगाडि बढ्न पर्ने हो त्यो हुन अपरिहार्यता हो । जुन अति आवश्यक बिषय पनि हो । तत्काल पहल कदमिहुन आवश्य छ । बिजय खड्का जस्तै मृत्यु र जीवनमा बाचिरहेका हरुको आवाज सुनिनुपर्छ । र नसुनिने बनाउनु पर्छ ।

No comments:
Post a Comment