इस्कोन एक परिचय
इन्टरनेश्नल सोसाइटी फर कृष्ण कन्ससीय्सेनस् अर्थात अन्तराष्टीय कृष्ण भावनामृत सघं एउटा विशुद्ध भगवान भतmी प्रचारात्मक विश्वब्यापी आन्दोलन हो । अर्को शब्दमा हरे कृष्ण आन्दोलन भनेर पनि बुझिन्छ । द्धापर युगमा अवतरित भगवान् कृष्णका कलीयुगका प्रेमावतार भगवान चैतन्य महाप्रभुद्धारा सुसज्जीत र निर्देशित आन्दोलन हो । आज भन्दा ५ हजार २९ बर्ष अघि अर्भिभावीत हुनु भएका भगवान चैतन्य महाप्रभुका शिक्षा , आदेश नै सम्पुर्ण जिवात्माका लागी गरिने सामग्री छन् । यो बैदिक अथवा हिन्दु सम्प्रदाय अन्तर्गको ब्रह्म माधव गौडीय बैष्णब सम्प्रदाय अन्तर्गत पर्दछ । पुरातन यो आन्दोलनलाई भगवानका अति प्रिय एकजना भतm श्रील ए सी भतmीबेदान्त स्वामी श्रील प्रभुपादले आधीकारीक रुपमा अमेरिकाको न्युयोर्कमा १९६६ जुलाई १३ का दिन आज भन्दा(१९६६ देखी २०१६) ५० बर्ष अगाडि स्थापना गर्नु भएको हो । न्युयोर्कमा श्रील प्रभ्ुापाद सर्गँ भएका सानो भतmहरुको समुह विस्तारै संसारभर फैलीन गयो । आज विश्वभरिनै ६ सय ३६ भन्दा बढि केन्द्रहरु रहेको इस्कोनका स्कुल , कलेज , हजारौ रेष्टुरेन्ट , गौसाला , नामहाट, फार्म कक्युनिटी हरु, अस्पताल लगायत लाखौ भतmहरु ससतm रुपमा आन्दोलन प्रति प्रतिबद्ध भएर भगवानको सेवामा लागेका छन् । इस्कोन द्धारा सञ्चालित जिवनका लागी भोजन , कार्यक्रमबाट दैनिक रुपमा २ लाख भन्दा बढि मानिसहरुलाई शुद्ध शाकाहारी जुन भगवानलाई चढाएर प्रसादमको रुपमा वितरण गरिने गरेको छ । श्रील प्रभुपाद द्धारा स्थापित र निर्देशित इस्कोन उहाँको प्रस्थान पछि प्रभुपादकै अभिलाषा स्वरुप गठित जिबीसी अर्थात जर्भरनिन बडी अफ् कमिसन द्धारा ब्यबस्थीत र सञ्चालीत छ । भतmीयोग को मार्ग अगांलेको इस्कोन श्रिमद भागवद् गिता र भागवतम् जस्ता महान् महत्व बोकेका ग्रन्थमा आधारित छ । जसले मानव जिवनको उद्धेश्य भगवद् प्रेम प्राप्ती, भगवान नै सर्वोसर्वेपरि , र प्रत्येक जिवात्मा उहाँका अशं भन्ने कुरा सिकाउदछन् । भगवान चैतन्य महाप्रभ्ुाले भगवद् प्राप्तीको लागि दिनुभएको एक मात्र उपाय भगवान नामको जप, महामन्त्रलाई भतmहरुले जप्ने गर्छन ।
हरे कृष्ण हरे कृष्ण कृष्ण कृष्ण हरे हरे।
हरे राम हरे राम राम राम हरे हरे ।।
१६ नामको महामन्त्रनै कलीयुगको सबै पाप नष्ट गरि हामी भित्र लुकेको सुसुप्त कृष्णचेतनालाई उजागर गर्दछ । जसबाट हामि भगवान प्राप्ती गर्न सक्दछौ । यो मन्त्रबाररे कली सन्तर्न उपनिषदमा ब्याख्या गरिएको छ ।
इस्कोन स्थापना गर्ने बेला श्रील प्रभुपादले उल्लेख गर्नु भएका ७ वटा उद्देश्य
१) विश्व शान्ती स्थपनार्थ आम सबै मानिसहरुलाई मानव जिवनको मुलभुत उद्धेश्य बारेमा क्रमबद्ध आध्यात्मीक ज्ञानको शिक्षा दिन समाजमा एकता कायम गर्नु ।
२) कृष्णभावनामृत अथवा भगवद् दर्शनलाई भागवत गिता र श्रीमद भागवतम्मा यथायत रुपमा दिइए अनुसार प्रचार प्रसार गर्नु ।
३) हरेक समाजका मानिसलाई भगवान कृष्ण नजीक ल्याई जिवात्मा भगवानको सानो अशं भनेर बुझाउनु ।
४) कलियुगका प्रेमावतार भगवान चैतन्य महाप्रभुले दिनुभएका शिक्षा अनुरुप भगवान् नामो जपप अथवा संकिर्तन अभियानका बारेमा मानिसहरुलाई शिक्षा र सहभागि हुन प्रेरणा गुर्न ।
५) हरेक समाजका सदस्यहरुलाई केन्द्रीत गर्दै भगवान कृष्ण र पबित्र मठ मन्दीर हरुको निर्माण गर्नु ।
६) हरेक सदस्यलाई सहभागि गराई मानव जिवनको प्राकृतीक प्रकियाबाट जिवन जिउनु सिकाउनु ।
७) उल्लेखित सबै उद्धेश्य पुरा गर्न , पुस्तक , पत्र पत्रिका नियमीत प्रकासन गर्नु ।
श्रील प्रभुपाद को हुनु हुन्थ्यो ?
भारतको पश्चीम बगांल , कोलकात्तामा पिता गौर मोहन डे र माता रजनि देविको कोखबाट १८९६ को १ सेप्टेम्बरमा जन्मलिनुका प्रभुपादको जन्मको नाम अभय चरण डे थियो । १९१८ राधारानी दत्त सगँ बिवाह बन्धनमा बाधिनु भयो । १९२२ मा प्रतिष्ठीत गुरु श्रील भतmी सिद्धान्त सरस्वती गोस्वामी महाराज सगँ भेट भयो । भेटमा उहाँले प्रभुपादलाई भगवान चैतन्य महाप्रभुको शिक्षालाई अग्रेजि माध्यमले पश्चीमा देशमा प्रचार गर्न उत्प्रेरणा दिनुभयो । दोस्रो पटक बृन्दावनमा १९२५ मा श्रील भतmी सिद्धान्त सरस्वती गोस्वामी महराज सगँ दोस्रो भेट हुदा केहि कुराकानि भयो । १९३३ मा प्रभुपादले गुरु मान्दै दीक्षा लिनुभयो । १९३५ मा उहाँको फेरि बृन्दावनमा भेट हुदा गुरुले भगवद् दर्शन पत्रिका निकाल्ने , मन्दीर बनाउने निर्देशन दिनुभयो । र १९४४ मा उहाँले पहिले ब्याक टु गडहेड नामको पत्रिका छाप्न सफल हुन भयो । १९५९ मा उहाँले आफ्ना एक जना गुरु भाई श्रि श्रिमद् केशव महाराज सगँ सन्यास लिनु भयो । ७० बर्षको बुढो उमेर १९६५ मा उहाँ ४० रुपैयाका साथ कार्गेा जहाज मा झण्डै ३५ दिन लामो यात्रा गरेर बोस्टन पुग्नु भयो । जहाजमा छदा २ पटक हृदयघात भएको थियो । १९६६ को जुलाई १३ मा उहाले इस्को नामक संस्था न्युयोर्कमा खोल्नु भयो । १९६८ मा सर्बप्रथम अंग्रेजीमा भगवान गिता यथारुप प्रकासन गर्नुभयो । १९७० मा जिबिसी को स्थापना गर्नुभयो । १९७२ मा भतmीबेदान्त बुक ट्रष्ट स्थापना भयो । केहि बर्षमनै बैदीक साहित्यीक कृति प्रकाशन हुने संसारकै सबैभन्दा ठुलो प्रकासन भयो । १९७४ मा चैतन्य चरितामृत को अग्रेजि र अनुवाद पुरा भयो । र १९७७ को नोभेम्भर १४ मा ८१ बर्षको उमेरमा उहाँले पवित्र धाम बृदाबनमा देह त्याग गर्नु भएको हो ।
यसरी १९६५ देखि १९७७ सम्म्को १२ बर्षका समयाबधिमा उहाँले आफ्नो बेद्धावस्थाको कत्ति वास्ता नराखी व्याख्यान र पर्यटन गर्दै विश्वका ६ वटा महाद्धिपको १४ पटक परिक्रमा गर्नुभयो । १०८ भन्दा बढि केन्द्र , स्कुल , बिद्यालल, आश्रमहरु , कृषिकेन्द्रहरुको संगठित स्वरुपद्धारा यो इस्कोन एउटा बृहत विश्वसंस्थाको रुपमा खडा गर्नुभयो । व्यस्त कार्यक्रम हुदाहुदै पनि श्रील प्रभुपादको उर्वर लेखनी अविरल गतिले चलि नै रह्यो । उहाँको ८० भन्दा बढि ग्रन्थहरुको संग्रह वैदिक धर्म दर्शन , साहित्य र संस्कृतीकतिको एउटा यथार्थ पुस्तकालय नै बन्न पुगको छ ।
No comments:
Post a Comment