Jaya/Bijaya

this is all about

Monday, September 5, 2016

एउटा खबरको प्रतिक्षा


मृत्यु समानै हुदो रहेछ एउटा फोनको घण्टी पनी
उसको मुख खुल्ने बित्तिक्कै थाहाभयो ।
लामो प्रतिक्षाको आशामा बाचेको जिन्दगी नी
एउटै खबरले समाप्त पारिदीदा
म त्यै फोनलाई नै धिक्कारदै छु
म त्यहि प्रतिक्षालाई कुल्चीदै छु
कस्तो समय हो जिन्दगी
जिउदै मरे जस्तो
मरेर जीए जस्तो
म मेरो समय बबार्द पारिरहेछु ।
सपना फेरि बुनिरहेको छु ।
इच्छाले जिउदै लास पोलिरहेछन् ।
मरो जिन्दगी कल्पना भन्दा बाहिर गयो
सपना भन्दा टाढा गयो
न भेट्टाउन सक्छु
न मेट्टाउनु सक्छु
यहाँ जिउदै मरेर पनि बाचीरहेछु
तर मन भरि सपना साचीरहेछु
खै कस्तो कस्तौ जिन्दगी यो
खै कस्तो कस्तो समय यो ????????


No comments:

Post a Comment

Popular Posts