प्रकृतीका तिन गुण
मानिसहरु कहाँ कुन अबस्थामा के सोच्छन, उनीहरुको चेतनाको स्तर , जिवनस्तर सबै कुरा प्रकृतीका तिन गुण हरुद्धारा बन्धनमुतm हुन्छन् । प्रकृतीका तिन गुणहरुमा तमो गुण , रजो गुण र सतो गुण ले मानिसहरुको जिवन स्तर लाई पर्दाफास गरिरहेको हुन्छ । यी गुणहरु उसका क्रियाकलाप , खानपान, उसले सुन्ने संगित अनि उसका आनीबानी र वरपरको बातवरणमा सृजना हुन्छ । एउटा सडकमा सुत्ने मानिस र महलमा सुत्ने मानिसको चेतनाको स्थर निश्चीतरुपले फरक हुन्छ । तर , सडकमा सुतेको मानिसले त्यहि जिवन रमाइलो लाग्छ , अथवा आनन्दको अनुभुती गर्दछ भने महलमा सुत्ने हरुको लागी सडकीजिवन अत्यन्त दु ख को परिस्थीती हो । यहाँ मानिसहरु जहाँ जहाँ जे गरिरहेका छन ् यी सबै प्रकृतीको नियन्त्रणमा रहेर गरिरहेका हुन्छन । केवल उनीहरुको गुणको प्रभावले त्यस्तै जिवन अगाँल्न बाध्य छन् ।
जव शाश्वत जीव भौतिक प्रकृतीको समिपमा आउदछ् । मुलभुत रुपमा यीनै तीन गुणहरुद्धारा बाधिन्छ । र हरेक जिवात्मा को ब्यबहार र चरित्रलाई बन्धन गर्ने काम पनि गुण हरुले नै गर्छ । प्रत्येक जिवहरु कुनै एउटै गुण अँगालेर जीउने झुकाव लिएर जन्मिएका भएता पनि हाम्रा दैनिकी अभ्यासले हाम्रो स्तर यी तिनै गुणमा घुमीरहन्छ ।
तमो गुण को स्तरमा अतिनिन्द्रा , आल्स्यता प्रमादता पागलपन , मधपान , निष्क्रयत, घृणा , एवं हिसा आदि तामो गुणको प्रभावमा हुन्छन् । मांस , बोतलबन्ध खाध , अवशेष ,एवं बासी भोजन तथा दुर्गन्धीत भोजनहरु सबै तमोगुणमा पर्दछन् । तमोगुणी ब्यतmी अज्ञान्नमा हुन्छ । आध्यात्मीक स्वभावमा उ अक्षरस अज्ञानी हुन्छ । उस्लाई र अन्यलाई पनी हानी गर्दछ ।
रजो गुणले आजको ब्यतm सहरी जनजिवनलाई चित्रण गर्दछ । जहाँ रजोगुणी मानिसहरु धेरै भन्दा धेरै कार्य गर्न , धैरै पैसा कमाउन, भौतिक उपाधीहरु प्राप्त गर्न एवं भौतीक उपाधीहरुका लागि अत्यधिक परिश्रमका साथ लागिरहेका हुन्छन् । मसालेदार एबं तारिएका भोजनहरु रजोगुण अन्र्तगत पर्दछन् । प्रार्य यौन आर्कषण हरुपनि रजो गुण अन्र्तगत नै पर्दछन् । भौतिक सुखका लागि भागदौड हुनेहुनाले यहाँ केहि सुख भएजस्तो भएता पनि अन्तत नैराश्यताका कारण रजोगुणमा पिडाहरु हुने गर्दछन् । किनकी भौतिक सुख अजम्बरी हुदैन । बरु यो क्षणिक हुन्छ ।
सत्वगुणमा मानिसले शान्त सरोवर अनुभव गर्दछ । सबै प्रकारका सन्तुलीत शाकाहारी भोजनहरु सतोगुण अन्तर्गत पर्दछन् । सतोगुणमा गरिएका कार्यहरु बिधिनियमपुर्ण एवं कर्तव्य परायणले युतm हुन्छन् । सतोगुणि ब्यतmीले अन्तर्शान्तिको अनुभव गर्न सक्दछ । अन्य गुणहरु भन्दा यो प्रकाशवान भएकाले पापकर्मबाट मतm गर्दछ । रजोगुणले मानिसलाई खुखद्धारा बद्ध बनाउदँछ, तर सकाम कर्मले कहिले तमोगुण त कहिल्यै सतोगुणमा पुर्याउदछ । जब शरीरमा सम्पुर्ण द्धारहरु ज्ञानका प्रकाशले प्रकाशित हुन्छन् त्यससमय सतोगुण ब्यतm भएका अनुभव गर्न सकिन्छ । रजोगुणमा अन्यन्त सकामकर्म , तीव्र प्रयत्न अनियन्त्रीत चाहना एवं आकांक्षा बृद्धिका लक्षणहरु देखा पर्दछन् । तमोगुणमा अन्धकार , जडता, उन्मत्तता उवं मोह जस्ता कुराहरु उत्पन्न हुन्छन् । सत्वगुणमा अवस्थित भएर मृत्यु भएका मानिसहरुले मृत्युपश्चात महषर््िाँहरुको पवित्र लोकहरुमा जन्मलिन्छन भने , रजोगुणिहरुले सकामकर्मिहका बिचमा र तमोगुणिले पशुजगतमा जन्म पाँउदछन् । सतोगुणमा रहेर गरिएको कर्मफल पुण्यहुन्छ । रजोगुणमा गरिएको कर्मफल दु ख दायी र तमोगुणमा गरिएको कर्म मुर्खता पुर्ण हुन्छ ।
तर , भगवतगितामा भगवान् कृष्ण परममित्र अर्जनलाई भन्नुहुन्छ ,जसले प्रकृतिका तिन गुण माथि रहेर काम गर्दछ । जो भगवानको दिव्य स्वरुपलाई बुझेर काम गर्दछ , उ स्वभावत यी तीन गुणहरुलाई नाघ्न सक्दछ र जन्म , मृत्यु , रोग बुढ्याई जस्ता कुरा माथि पनी बिजयी प्राप्त गर्न सक्दछ । जो ब्यतmी कुनै उतारचढावमा स्वस्थ र स्थिर छ । जो धीर छ , जो निन्दा र प्रशसां , मान र अपमानमा पनि समान रहन्छ । जसल मित्र र शत्रु दुबै पक्षप्रति समान ब्यवहार गर्दछ । त्यस्तो ब्यतिmलाई प्राकतिक गुणहरुखेखि पर रहेको भनिन्छ । अत्तत हामि सबै जना राम्रो र आनन्ददायी एवं सुखि जिवनको कल्पना र अन्र्तशान्ती चाहन्छा्र्रै । आध्यात्मीक जीवनको अनुशीलनद्धारा सुस्वास्थ कायम गर्नाले यस्तो स्थितिलाई पा्रप्त गर्न सक्ने प्राबधान भगवान् स्वयमले अर्जुनलाई दिनु भएको हो । भगवद्गिताका अनुसार जुनसुकै परिस्थतिमा पनि अविचलित भावले पुर्णतया भगवद्भतmीमा संलग्न हुने ब्यतmी भौतिक प्रकृतिका गुणहरुलाई तत्काल पार गरेर ब्रह्मको स्तरमा पुग्दछ । भगवान् कृष्णनै निर्विशेष ब्रह्मका् आधार हुनुहुन्छ जो अमर , अच्युत , शाश्वत एबं परम सुखका परम श्रोत हुनुहुन्छ भन्ने कुरा स्प्ष्ट छ ।
No comments:
Post a Comment