Jaya/Bijaya

this is all about

Tuesday, August 30, 2016

गजल


मनभित्र दुख अनि मुटु भरी घाउ थियो
निर्मोहीको याद उता जिन्दगीको दाउ थियो ।।

सम्हालेर कसरी राखे ? मेरा मनका बाधँहरु
निर्जन बस्ती त्यो न त गुन्जीने ठाउँ थियो ।

पलाएका इच्छाहरु मनभित्रै औइलीरहे
पोख्ने नत स्थान थियो नत गुन्ने नाउँ थियो ।

मनको भारि मनमै बिसाइरहे उनिसामु
झुटो बाचा गरिरैछन् त्यहाँ कुनै भाउ थियो

बुझे जिन्दगानि उनको तस्बीर झै बुझै मैले
समयको दस्ताबेज हो यात आउजाउ थियो ।।

No comments:

Post a Comment

Popular Posts