गजल
मनभित्र दुख अनि मुटु भरी घाउ थियो
निर्मोहीको याद उता जिन्दगीको दाउ थियो ।।
सम्हालेर कसरी राखे ? मेरा मनका बाधँहरु
निर्जन बस्ती त्यो न त गुन्जीने ठाउँ थियो ।
पलाएका इच्छाहरु मनभित्रै औइलीरहे
पोख्ने नत स्थान थियो नत गुन्ने नाउँ थियो ।
मनको भारि मनमै बिसाइरहे उनिसामु
झुटो बाचा गरिरैछन् त्यहाँ कुनै भाउ थियो
समयको दस्ताबेज हो यात आउजाउ थियो ।।

No comments:
Post a Comment