भगवान् कृष्णको पुरै बदनाम नगारिक दैनिकद्धारा
शानिवार ४ गतेको नागरिक दैनिकमा अभय श्रेष्ठ नाम गरेका एक बिद्धानले भगवान् श्रि कृष्ण , महाभारत अनि उहाँका अनुपम कामहरु माथी कल्पोलकप्तीत सुनियोजित ढंगले आम कृष्णप्रेमी ,सनातन हिन्दु धर्मका पथप्रर्दशकलाई भड्काउने दुष्षाहस गरि लेखेको लेख प्रति आम समुदायले रोश प्रकट गरिरहेका छन् । भगवान् कृष्ण प्रति गरिएको अन्धो अपब्याख्याको सामाजिक सञ्जालहरुमा जसरि आक्रोस प्रकृट भइरहको छ । यसबाट लेख प्रायोजित ढगंले लेखीएको हो भन्ने सजिलै अनुमान गर्न सकीन्छ । लेखकले भगवान कृष्णलाई जसरि समान्य मानिस बनाएर बुझाउन खोजेका छन् । उन्का कुरा मािथ प्रश्नै पश्न गर्ने ठाउँ भेटिन्छन् । हुन त संसारमा हरेक मान्छेसगँ अधिकार छ । उँ चाहेको जिवन अगाँल्न उसले चाहना अनुरुप चल्न सक्छ । त्यसको मतलब उसले जे पनि गर्न पाउने , जे पनि भन्न पाउने भन्ने होइन् । सामाजिक आम संञ्चारमा यस्ता सामाजीक द्धन्द्ध भड्काउन् लेख लेखेर प्रकासन गर्न कहाँ पाईन्छ र ? पुरै लेखभरि उनले एउटै कुरामा फोकस गरेका छन् की कृष्ण सामान्य मान्छे हुन, उनी रचनाकार हरुद्धारा भगवानको पात्र बनाइएका हुन जस्ता तर्क लेखकले आफ्नो प्रायोजनको तर्फ बाट गर्न खोजेकाछन् । तर, हास्यासपद कुरा यहाँ के छ भने लेखको सुरुवातमै भगवान् कृष्ण बिष्णुका आठौ अवतारका रुपमा मानीन्छन भन्ने चाहि उनले पनी उल्लेख गर्न छुटाएका छैनन् । केही समान्य मान्छेका पतmीहरुमा बिश्वास गर्छु भन्दै भगवान्को गलत बिश्लेषण गर्नु मुर्खताको पराकाष्ट भन्दा अरु केही होइन् । कुनै सामान्य मानिसले देशका प्रधानमन्त्री चोर हुन भनेर आरोप लगायो भने , त्यसलाई फ्रन्ट पेजमै उसले प्रम चोर हुन भन्यो भनेर लेख लेख्नु झन महामुर्खता होइन ? भगवान कृष्ण, बारेमा लेखेका अन्य पुस्तक हरु छैनन् र अन्य बिश्व प्रसिद्ध ब्यतmीहरु दार्शनिकहरु जस्तो की अल्बर्ट आइन्स्टाईन, स्टीभ जब्लले के भनेका छन् । भन्ने कुरा लेख लेख्ने माननिय बिद्धान लाई थाहा छैन भने बुझेर लेख्नु उपयुतm हन्थ्यो । तर् उनले जसरि भगवान् कृष्णको चरित्रमाथी , उहाँका भतmहरुलाई गलत सन्देश दिएर रोशयुतm बनाउने अभिप्राय गरेका छन् । यसबाट उनी कुनै नै कुनै रुपले प्रायोजित छन् भन्ने प्रष्ट पार्छ ।
यदि यो लेख यसरि अन्य देशमा अरु धार्मिक मानिसहरुका आस्था माथि प्रहार हुन्थ्यो भने । यसको फल लेखक , प्रकासक ले भोग्न पर्ने निश्चय नै बातावरण बन्थ्यो । सनातन हिन्दु समाजको एउटा बिशेषता नै हो जसले बिश्वबन्धुत्वको भावनालाई उजागर गर्दछ । शान्ती अनी समस्याको समाधानका लागी हिसांरहितका बाटा अबलम्बन गर्न पुग्दछ । तर , सुनियोजीत ढगंले लेखेको यस लेखको भत्सर्ना हुन जरुरि छ ।आमसञ्चार माध्यमले सामाजिक उत्तरदायीत्वको भावनालाई बिर्सेर भुल हुन पुगेको हो भने । आममाफि माग्न जरुरी छ । यस्ता घटना दोहारिन नदिन , कसैको संस्कृती परम्परामाथि नाजायज ब्याख्या नगर्न पनि सबैले सबैलाई हौस्याएर समृद अनि शान्तीमय नेपालको निर्माणमा ध्यानदिनु अहिलेको आवश्यकता हो । अन्यथा , धार्मिक द्धन्द निम्त्याउनु भुमिका नखेलोस् ।
श्रेष्टको घृणित लेख यस्तो थियो ।
महाभारत, श्रीकृष्ण र कूटनीति
2.2K
भाद्र
कृष्णाष्टमी नजिकिँदै गर्दा
गाउँ–सहरका कुनाकाप्चा कृष्ण भजनले गुन्जायमान हुन थालेका छन्।
हिन्दी सिरियलहरू श्रीकृष्णमय भइसके। प्रेमका ईश्वर अनि
संसारमा अन्याय र
पाप नाश गर्न
आएका विष्णुका आठौँ
अवतारका रूपमा कृष्णको आराधना गरिन्छ। आफ्नो
आस्थाका युगपुरुषलाई पुज्ने र ईश्वरका रूपमा
सम्मान गर्ने मानिसको अधिकारलाई म सम्मान गर्छु। म आफै
पनि हिन्दु संस्कृति र परिवेशमा हुर्केको हुँ। तर, म
पुराण युगलाई समाजशास्त्रीय आँखाले हेर्न रूचाउँछु। रजनीकान्त शास्त्रीको 'हिन्दु धर्मका उत्थान और पतन',
देवीप्रसाद चट्टोपाध्यायको 'लोकायत', भारतको विश्व बुक्सका आलोचनात्मक प्रकाशनहरू मेरो
दृष्टिकोणका सहायक हुन्।
कर्मयोग
'गीता' मा
कृष्णले अर्जुनलाई दिएको
एउटा प्रमुख उपदेश
हो, कर्म गर,
फलको आश नगर।
यसको अन्तर्य कर्मयोगमा छ जुन अत्यन्त महŒवपूर्ण छ।
पहिरो लाग्ला वा
बाँदरले नाश गर्ला
भनेर किसानले बाली
लगाउन छाड्दैन। एल्बम
नबिक्ला भनेर संगीतकारले नयाँ मुर्च्छना रच्न
छाड्दैन। पाठक कम
छन् भन्दैमा कविले
कविता लेख्न छाड्दैन। सयौँ प्रयोगको असफलतापछि स्टिभ जब्स हरेक
कोठामा अट्ने कम्प्युटर बनाउन सफल भए।
९ सय ९९
पटकको असफलतापछि पनि
थोमस एल्बा एडिसनले बिजुलीको चिम बनाइछाडे। यही हो कर्मयोग।
तथापि,
कृष्ण स्वयंका क्रियाकलाप कर्मयोगको चोखो भावनाले प्रेरित थिएनन्। अनर्थमा यमुना किनारको नागबस्ती नाश गर्नु, शिशुपालले बिहे गर्न लागेकी युवती अपहरण गर्नु,
सानो निहुँमै शिशुपालको हत्या गर्र्नु, आफैले
आमा भनेर बोलाएकी कुब्जासित संसर्ग गर्नु,
क्षत्रीय जातित्वमाथि दम्भ
गर्नु आदि उनका
क्रियाकलाप त्याज्य छन्।
यस्ता उपद्र्याइमा पाण्डवलगायत उनका
अनुगामीहरू जयजयकार गर्दै
नाचगान गर्थे। विजेताको स्तुति गर्ने र
तिनकै पक्षमा इतिहास लेख्ने परम्परा सायद
यस्तै प्रसंगबाट प्रेरित हुन्छ। महाभारतका रचनाकार व्यासले लगभग पाँच
हजार वर्षअघिको त्यस
युगलाई धर्मयुग मानेका छन्। यथार्थमा त्यो
जातिवादी अर्थात् ब्राह्मण–क्षत्रीको उच्चतावादी युग
थियो। अन्य जातिको त्यहाँ कुनै आत्मसम्मान थिएन। नत्र सूतपुत्र भनिएका कर्णको बारम्बार अपमान हुने थिएन।
धनुर्विद्यामा अर्जुनभन्दा निपुण
शुद्र एकलव्यको बूढीऔँला काटिने थिएन। असुर
र वर्णव्यवस्थामा 'तल्लो
जाति'का व्यक्तिको हत्यालाई सामान्य मानिने थिएन।
वास्तवमा सनातन
समाजका यी युगपुरुष महत्वाकांक्षालाई निरन्तर पछ्याइरहने अत्यन्त चलाख, बौद्धिक र कूटनीतिक व्यक्ति थिए जसलाई ईश्वर
बनाएर वेदव्यासले 'महाभारत' लेखे। चलाखीपूर्वक प्रचारयन्त्र प्रयोग गरी उनी ईश्वर
र युधिष्ठिर सत्यवादी कहलिए। यही 'योग्यता'को अभावमा सत्य
र इमानमा निष्ठावान् महावीर कर्ण युद्धसंहिताविरुद्ध मारिए
र खलनायक ठहरिए।
'मोदीआइन' को प्रश्न
विश्वेश्वरप्रसाद कोइरालाको लघु उपन्यास 'मोदीआइन' ले महाभारत युद्धलाई मानवताको महाविनाश ठान्छ। अर्जुनले युद्ध नगर्न
धनुषवाण बिसाएको र
उद्दण्ड भीमसेनले समेत
शान्तिको चाहना व्यक्त गरिरहेका बेला द्रौपदीले प्रतिशोधको बाचा सम्झाएकी थिइन्। कृष्णले युद्धको अनिवार्यताबारे प्रवचन दिएका
थिए। उपन्यासकी प्रमुख पात्र नारी भन्छे,
'कृष्ण त भगवान् हुन्, उनी हामी
मान्छेको प्रेम, भावना
र संवेदनालाई किन
महत्व दिन्थे! उनी
त युद्ध गराएर
यो सुन्दर मानव
संसारलाई क्षतविक्षत पार्न
चाहन्छन्।' मोदीआइनले यसरी
महाभारत युद्धको औचित्य र कृष्णको देवत्वमाथि सूक्ष्म तरिकाले प्रश्न उठाएको छ।
ब्रजमा बाल्यकाल
भारतको विश्व बुक्सद्वारा प्रकाशित 'श्रीकृष्ण एन्ड हिज
गीता' का अनुसार उनको जन्म पाँच
हजार वर्षअघि भएको
अनुमान छ। त्यतिखेर आर्य जाति उत्तर
भारतका नदी किनारतिर फैलिएर त्यहाँका बासिन्दासँग घुलमिल भइसकेका थिए। स–साना गणराज्य थिए। जरासन्ध, कंश,
शिशुपाल, द्रुपदलगायत राजा
थिए। अहिलेको नयाँ
दिल्लीमा सबैभन्दा समृद्ध, शक्तिशाली र व्यवस्थित हस्तिनापुर राज्य थियो।
खेती र गाईपालन मुख्य व्यवसाय थिए।
युद्धका मुख्य हतियार धनुषवाण र गदा
थिए। सवारीका रूपमा
रथ र घोडाहरू उपयोग हुन्थे।
पहिले
शौरसेन गणराज्य थियो।
त्यहाँका गणपति उग्रसेन थिए। मगधमा गणतन्त्र मासेर जरासन्धले निरंकुश राजतन्त्र लादिरहेका थिए।
उनका दुई छोरी
अस्ति र प्राप्तिको बिहे उग्रसेनका छोरा
कंशसँग भयो। निरंकुश राजाका यी दुई
छोरीले पतिलाई पनि
शौरसेनमा निरंकुश राजतन्त्र चलाउन प्रेरित गरे।
फलस्वरूप आफ्नै पितालाई अपदस्थ गरेर कंश
निरंकुश राजा भए।
अपदस्थ राजा उग्रसेनका भाइ देवक, उनकी
छोरी देवकी र
ज्वाइँ वसुदेवलाई यो
कुरा बिझिरहेको थियो।
देवकी वसुदेवकी चौधौँ
पत्नी थिइन्। यसअघि
उनका पत्नीहरू कौशल्या, इला, पैरवी, रोहिणी, भद्रा, मदिरा, धृतदेवा, शान्तिदेवा, उपदेवा, श्रीदेवा, देवरक्षिता, सहदेवा थिए।
यिनीहरूबाट ६९ छोरा
र एक छोरी
थिए। यसअघि नै
उग्रसेनका पाँच छोरी
कंशा, कंशक्ली, कंका,
शूरभूमि, राष्ट्रपालिकाको बिहे
वसुदेवका भाइहरू क्रमशः देवभाग, देवश्रवा, आनक,
श्यामक, सृञ्जयसँग भएको
थियो। देवक, वसुदेव र देवकी कंशलाई राज्यच्युत गर्ने गोप्य
योजना बनाइरहेका थिए।
देवकीलाई पाल्कीमा राखेर
वसुदेवकहाँ पुर्याउन
लाग्दा कंशलाई यो
गोप्य सूचना प्राप्त भयो। तत्काल उनले
बहिनी–ज्वाइँलाई झ्यालखाना हालिदिए। उनीहरूबाट जन्मेका शिशु मारिदिए।
भाद्र
कृष्णाष्टमीको रात कृष्णको जन्म भयो। चलाखीपूर्वक देवकले कंशका एक प्रहरीलाई मदिरा खुवाएर बेहोस
बनाइदिए। वसुदेवले कृष्णलाई यमुना नदी तारेर
ब्रजवासी नन्दकहाँ पुर्याए। सट्टामा नन्द र यशोदाले केही दिनअघि मात्र
जन्मेकी छोरी वसुदेवलाई दिए। देवकीले छोरी
जन्माएको खबर मध्यरातमा कंशकहाँ पुग्यो। जेलको
शिलाखण्डमा रहेकी शिशुलाई कंशले मार्न खोज्दा बत्ती निभ्यो। फेरि
अर्को बत्ती ल्याउँदा एउटा प्रहरीले शिशुलाई गायब गरिदियो।
अत्यन्त सुन्दर, चलाख, चञ्चल
र प्रिय बालसुलभताका कारण
कृष्णले यशोदा र
ब्रजबासीको मन जिते।
शिशु गायब भएपछि
कंशलाई आफ्नै राज्यमा विद्रोहीलाई सघाउने नन्द
हुन् भन्ने शंका
थियो। तर, पर्याप्त प्रमाण थिएन। उनले
देवकीपुत्र खोज्न पुतना,
शंकटासुर, तृणावर्त, बत्सासुर, बकासुर, धेनुकासुर आदि
गुप्तचर पठाए। कृष्ण
र गोपालहरूले चलाखीपूर्वक सबैलाई मारिदिए। कृष्ण सानैदेखि रसिक, चलाख र
विद्रोही थिए। युवतीलाई मोहित पार्थे। जनताले करस्वरूप कंशकहाँ लान लागेको दही, दूध, घिउ,
मह लुटेर खान्थे। खाइनसकेको नष्ट गरिदिन्थे। साथीहरूको मद्दतमा उनले
यमुना किनारबासी नागजातिका राजा कालियमाथि आक्रमण गरे जो कंशका
हितैषी थिए। नागबस्ती पूरै ध्वस्त गरिदिए। एक दिन उनले
बूढा मामा कंशको
पनि बध गरे
र आफ्ना बाबु–आमालाई जेलमुक्त गराए। यसले उनको
ख्याति र प्रभुत्व झनै फैलियो।
हस्तिनापुर प्रवेश
कृष्ण
भारतवर्षकै महत्वपूर्ण व्यक्ति बन्ने सपना देख्थे। भारतको प्रमुख सत्ता
हस्तिनापुर अत्यन्त समृद्ध, संगठित र व्यवस्थित थियो। अन्धा भए
पनि राजा धृतराष्ट्र कुशल र उदार
शासक थिए। उनले
आफ्ना सय छोरा
र स्वर्गीय भाइ
पाण्डुका पाँचै छोरालाई द्रोणाचार्यबाट शिक्षा दिलाए। पाण्डुका जेठा छोरा
युधिष्ठिरलाई उत्तराधिकारी तोके।
कडा मेहनत र
गुरुको कृपाले पाण्डुकै साहिँला छोरा अर्जुन धनुर्विद्यामा गुरुपुत्र अश्वत्थामाभन्दा पनि
निपुण भए। यो
देखेर धृतराष्ट्र खुसी
भए। अर्जुनको नेतृत्वमा कौरव–पाण्डवले कुरु
राज्यको संरक्षण गर्नेमा उनी विश्वस्त थिए।
काका भीष्मपछाडि अर्जुनलाई नै उनी सेनाधिपति बनाउन चाहन्थे। जनता
सुखी थिए। विज्ञान र कलाको उन्नति हुँदै थियो। राज्यसभामा भीष्म, द्रोणाचार्य, कृपाचार्य र विदूरजस्ता अनुभवी, वीर, बुद्धिमान व्यक्तिहरू थिए। अर्जुन, भीम,
दुर्योधन, युधिष्ठिर, दुःशासनजस्ता कर्मठ
दोस्रो पुस्ता तयार
भइसकेको थियो। यस्तो
बेला हस्तिनापुरले प्रभुत्व स्वीकार नगरेसम्म कृष्णको महŒवाकांक्षा पूरा
हुँदैनथ्यो।
दुर्योधन वीर थिए। गदा
युद्धमा भीमले पनि
उनलाई जित्न सक्दैनथे। अर्जुन धनुर्विद्यामा सर्वश्रेष्ठ ठहरिए। पिता धृतराष्ट्रदेखि राज्यसभाका सबैले सदैव अर्जुन र पाण्डवहरूकै प्रशंसा गर्थे। यसले दुर्योधनको ईर्ष्या चुलियो। एकदिन
राज्यसभा र सारा
जनतासामु अर्जुनले अनुपम
धनुर्विद्या प्रदर्शन गरे।
उनी संसारकै सर्वश्रेष्ठ धनुर्धारी घोषित भए। त्यसै
सभामा कर्णले अर्जुनलाई चुनौती दिए। विचरा
कर्ण 'दासपुत्र' भएकैले अर्जुनसँग प्रतिस्पर्धा गर्न
योग्य मानिएनन्। वीरतालाई सम्मान गर्दै दुर्योधनले कर्णलाई अंगदेशको राजा
बनाए। कृष्ण कुरुक्षेत्रका राजकुमारहरूबीचको यो
द्वन्द्व नियालिरहेका थिए।
यही मौका छोपेर
उनी कूटनीतिका सोह्र
कला प्रदर्शन गर्दै
हस्तिनापुर छिरे।
'ईश्वरका अवतार'
जनता
'धार्मिक' थिए। ब्राह्मण र सन्यासी देवताजस्तै पुजिन्थे। राजारानीको खोपीमा समेत उनीहरू बिनारोकतोक प्रवेश पाउँथे। जनता
र राजाबीच उनीहरू नै माध्यम हुन्थे। तिनका हरेक कुरा
अन्धश्रद्धाका कारण जनता
सत्य ठान्थे। विश्व
बुक्सको प्रकाशन 'कितने
खरे हमारे आदर्श'
का अनुसार कृष्णले त्यतिखेर पुरोहितका नेता
वेदव्यास र सन्यासीका नेता नारदको सहारा
लिए। आफ्नो हत्या
गर्न आउने पुतनालाई दूध चुसेरै प्राण
हरेको, नागराजा कालियको दमन, नागबस्ती ध्वंश,
शिशुपाल बध, कंश
बध, गोवर्द्धन पर्वतलाई औँलाले उठाएको, कुप्री बूढी कुब्जालाई मस्त
तरुनी बनाइदिएका जस्ता
चामत्कारिक खबर वेदव्यास र नारदबाट फैलाएर कृष्ण भारतवर्षमा आफूलाई ईश्वरका अवतार कहलाउन सफल भए। सत्य
जाँच्ने कुनै माध्यम थिएन। ब्राह्मण र
सन्यासीका कुरामा शंका
गर्नु पाप ठानिन्थ्यो।
धर्मका नाममा उनले पाण्डवहरूमा कौरवविरोधी भावना फैलाए। ब्राह्मणमार्फत् सबै
गणराज्यमा कौरवप्रति घृणा
र पाण्डवप्रति सहानुभूति बटुले। पहिला उनले
फुपु कुन्तीलाई हात
लिए। त्यसपछि अर्जुनलाई। दुर्योधनलाई यसको आभास
भइसकेको थियो। परन्तु, आफूलाई सधैँ मूर्ख
भनेर दुत्कार्ने राज्यसभासामु उनले
यो कुरा राख्न
सकेनन्। राखे पनि
कसैले पत्याउने थिएनन्। यस्तो स्थितिमा उनले
पाण्डवलाई नसिध्याए आफ्नो
सत्ता नबच्ने ठाने।
दुर्योधनले पाण्डवहरूलाई अत्यन्त विस्फोटक पदार्थहरूले बनेको लाहाको घरमा जलाएर मार्ने योजना बनाए। विदुरबाट यो सुइँको पाएपछि एक मंगोल महिला
र उनका पाँच
छोरालाई राखेर आफैले
घर जलाइ पाण्डवहरू सुरुङको बाटो भागे।
कौरवले ती महिला
र पाँच छोराछोरीको लास देखेर पाण्डव र कुन्ती मारिएको ठाने। जंगलमा उनीहरूले अनेक दुःख भोग्नुपर्यो। कतिपय अवस्थामा दुर्योधनसँग सम्झौता गर्ने
मनस्थितिमा पुग्थे। कृष्ण
बारम्बार धैर्यको पाठ
पढाउँथे।
द्रौपदीसित बिहेपछि पाण्डवहरूको शक्ति
बढ्यो। कृष्णले युद्ध
हुने धम्की दिएपछि दुर्योधनले परिस्थिति आकलन
गरेर पाण्डवलाई इन्द्रप्रस्थ राज्य
दिए। उनीहरूलाई बस्न
त्यतिबेलाको सबैभन्दा आधुनिक कलाद्वारा सुसज्जित महल
बनाइदिए। यस्तो महल
दुर्योधनकै पनि थिएन।
एकदिन उनी पाण्डवको महल भ्रमण गर्न
गए। महलको वास्तुकला अनुपम थियो। पानीजस्तो देखिने ठाउँमा जमिन
र जमिनजस्तो देखिने ठाउँमा पानी थियो।
दुर्योधन जमिन भन्ठानेर गएको ठाउँमा पानी
थियो। उनी पानीमा डुबेको देखेर द्रौपदीले 'अन्धाको छोरा पनि
अन्धा' भनेर अट्टहास गरिन्। पाण्डवहरू हाँसिरहे। दुर्योधनले बदला लिने
प्रण गरे। कृष्णको कूटनीति अर्कोपल्ट फेरि
सफल भयो।
अर्जुनमाथि प्रभाव
मामा
शकुनीको सहयोगले जुवा
खेलेर दुर्योधनले युधिष्ठिरको राज्य,
भाइहरू, द्रौपदी सबैलाई जितिदिए। धृतराष्ट्रले अत्यन्त उदार मन गरेर
सबैलाई मुक्तमात्र गरिदिएनन्, फेरि राज्य फिर्ता दिए। फेरि पनि
युधिष्ठिरले जुवामा सबै
हारे। भाइहरू र
द्रौपदीसहित वनबास गए।
अत्यन्त कष्टकर वनबास
सकिए पनि जितेको राज्य दुर्योधनले छाडेनन्। कृष्णको प्रेरणामा पाण्डवहरूले युद्ध
घोषणा गरे। दुवैतर्फबाट युद्ध
तयारी भयो। कौरव
पक्ष अत्यन्त सुदृढ
थियो। भीष्म, द्रोण,
कर्ण, अश्वत्थामा, कृपाचार्यजस्ता महारथी उनीहरूसँग थिए। नकुल–सहदेवका आफ्नै
मामा शल्य कौरवपट्टि लागेका थिए।
पाण्डव सेनाका सञ्चालक अर्जुन आफ्नो कमजोर स्थितिप्रति सचेत
थिए। उनको मनमा
नानाथरी कुरा खेल्न
थाले। ठूला बा,
उनका छोरा, द्रोणको माया, बाल्यकालको आपसी
स्नेह सम्झँदा अर्जुनलाई युद्धप्रति वितृष्णा भयो।
भीष्म, द्रोण, कर्णजस्ता महारथीलाई धर्मयुद्धको नियमअनुसार मार्न सकिन्न भन्ने
उनलाई थाहा थियो।
यी जिउँदा रहुन्जेल युद्ध जित्न सकिन्नथ्यो। कसैगरी यिनीहरू मारिए हस्तिनापुरको सुदृढता भंग हुन्थ्यो। युधिष्ठिरको जुवाप्रेमलाई न्यायोचित साबित गर्न थुप्रै निर्दोष मारिन्थे। दुर्योधनलाई द्रौपदीले उपहास गर्नु धृतराष्ट्रको पनि
अपमान थियो। त्यसका लागि पाण्डवहरूले माफी
नमाग्नु अर्को गल्ती
थियो। त्यसमाथि युधिष्ठिरले जुवा
खेलेर राज्य, भाइहरू, आफू स्वयं र
द्रौपदीलाई समेत हार्नु महाभूल थियो। त्यस्तोमा पनि कसैलाई नथुनी
त्यसै छाडिदिनु दुर्योधनको उदारता थियो। युद्धमा वीरजति सबै मारिएपछि देशको सुरक्षा के
होला? यस्तै सोचेर
अर्जुनले धनुषवाण भुइँमा राखे र युद्ध
नगर्ने घोषणा गरे।
कृष्ण
यसका लागि पहिल्यैदेखि तयार
थिए। मनोविज्ञानको सहारा
लिएर अर्जुनलाई कृष्णले पूरै बदलिदिए। जिते
हस्तिनापुर र हारे
स्वर्गको सपना देखाए। कहिले उच्च, कहिले
नरम स्वरमा बोलेर
उनले अनेक ब्रह्माण्डको काल्पनिक नक्सा बनाए र
बिगारे। कृष्णको कुराले लठ्ठिएका अर्जुनले कर्ण,
भीष्म, जयद्रथ, द्रोण,
दुर्योधन मरेको देखे।
अर्जुनलाई कृष्ण नै
सर्वसत्ताधारी ईश्वर हुन्,
यो जगत् उनकै
लीला हो, कुनै
पनि कुरा टारेर
टर्दैन भन्ने भान
पारिदिए। द्रौपदीले दुर्योधनको अपमान गर्नु, युधिष्ठिरले जुवा
खेल्नु सबै पूर्वनिश्चित थियो,
अहिलेसम्म जे भयो,
जे हुनेवाला छ,
सबै कृष्णकै इच्छामा भर पर्छ भन्ने
भान पार्न उनी
सफल भए। यसरी
अर्जुन युद्धका लागि
तयार भए।
महाभारत युद्ध
कृष्णले भीष्म, विदुरलगायतलाई पनि
आफू परमेश्वर भएको
भान पारिसकेका थिए।
उनी पाण्डवसँग भएपछि
यो युद्ध जित्न
असम्भव छ भनेर
भीष्म बारम्बार दुर्योधनलाई सुनाउँथे। दुर्योधनले कौरव सेनापति बन्न आग्रह गर्दा
सुरुमै भीष्मले तीन
सर्त राखे, १)
म सेनापति रहुन्जेल 'सूतपुत्र' कर्णले युद्ध
गर्न पाउँदैन २)
म कुन्तिपुत्रहरूलाई बध
गर्दिनँ ३) शिखण्डीविरुद्ध कुनै
अस्त्र चलाउँदिनँ। सेनापतिले यसरी लडाइँ सुरु
नहुँदै कौरव सेनाको पराजयको उद्घाटन गरिसकेका थिए। कर्णजस्ता महावीरले युद्धमा भाग लिन
नपाउँदा कौरव पक्ष
कमजोर हुने पक्का
थियो। नभन्दै दसौँ
दिनसम्म कौरव सेनाको तुलनामा पाण्डव सेना
बलियो भइसकेको थियो।
भीम, अर्जुनजस्ता महायोद्धाको अन्त्य नहुन्जेल कौरवको जित
असम्भव थियो। कृष्ण
पाण्डव पक्षबाट सेनानीका रूपमा नलडी अर्जुनका सारथी हुनुमा विशेष
कारण थियो। सेनानीजस्तै लड्न
गएका भए उनी
अर्जुनसँग हुने थिएनन् र भावनामा बगिरहने अर्जुनले विचार बदल्ने खतरा थियो।
आठौँ
दिनसम्म कौरव सेनामा निकै क्षति भएपछि
दुर्योधनले कर्णलाई युद्ध
गर्ने अनुमति दिन
दबाब दिए। नभए
सेनापतिबाट भीष्मलाई बर्खास्त गर्ने चेतावनी दिए।
बल्ल भीष्मले पाण्डव सेना ध्वस्त पार्ने वचन दिए। नभन्दै भोलिपल्ट उनीसामु पाण्डव सेना डढेलोमा परेको
पत्करजस्तै भए। यो
देखेर युधिष्ठिर आतंकित भए। कृष्णको सल्लाहअनुसार साँझ
युद्धविरामपछि उनले भीष्मलाई भेटे। शिखण्डी लड्न
आए हतियार त्याग्ने गोप्य भेद भीष्मले खोलिदिए। युद्धको दसौँ
दिन शिखण्डीलाई अगाडि
राखेर अर्जुनले भीष्मलाई वाणैवाणको शै्ययामा सुताइदिए।
युद्ध
सुरु हुनै लाग्दा कृष्णले कर्णलाई 'तिमी
कुन्तीपुत्र हौ, त्यसैले पाण्डव पक्षमा लाग'
भनेका थिए। यही
रहस्य कुन्तीले पनि
कर्णलाई सुनाइन्। दुवैलाई कर्णलेे दुर्योधनको उपकारप्रति बेइमानी गर्न नसक्ने बताएका थिए। हो,
उनले आफूलाई मर्ममै प्रहार गर्ने अर्जुनबाहेक चार
दाजुभाइलाई नमार्ने बचन
दिएका थिए। धृतराष्ट्रको पहिलो
पुत्र युयुत्सु वैश्य
दासी युवतीबाट जन्मेका थिए। यही कारण
उनको युवराज हुने
हक खोसिएको थियो।
कृष्णको इशारामा कुन्ती र पाण्डव उनलाई
उचालिरहेका थिए। युद्ध
सुरु हुनै लाग्दा आफूलाई इच्छा लागेको समूहमा जान सबैलाई स्वतन्त्रता भएको उद्घोष गरियो। युयुत्सु कौरव
सेना छाडी पाण्डव पक्षमा आए।
नकुल–सहदेवका मामा
शल्यले कौरवलाई सघाउने सूचना कृष्णले कुन्तीलाई दिए। अन्ततः शल्यले कुन्तीलाई बचन दिए,
'धन्ना नमान्नुस्, मौका
मिल्नासाथ म कौरव
सेनालाई तेजोबध गर्छु।' नभन्दै उनले 'अर्जुनसामु तिमी केही छैनौ'
भनेर कर्णको तेजोबध गरिरहे।
जयद्रथ बध
चक्रब्यूहमा पारी
अर्जुनका छोरा अभिमन्युलाई महावीरहरू मिलेर युद्ध आचारसंहिताविरुद्ध मारेका थिए। अभिमन्यु हत्यामा धृतराष्ट्रका ज्वाइँ जयद्रथको दुष्टता अर्जुनले थाहा
पाए। उनले भोलि
सूर्य रहुन्जेल जयद्रथको हत्या गर्न नसके
आफै चितामा जलेर
मर्ने उद्घोष गरे।
जयद्रथ भाग्न खोजे।
द्रोणले अर्जुनलाई जयद्रथसम्म आइपुग्नै नदिने आश्वासन दिए। नभन्दै द्रोणको चक्रब्यूह तोडेर जयद्रथसम्म पुग्न अर्जुन सफल
भएनन्। घाम डुब्यो। चिता बन्यो। वाण
छाडेर अर्जुन चिता
चढ्न तयार भए।
कृष्णले सम्झाए, क्षत्रीय वीरले चितामा पनि
धनुर्वाण छाड्नु हुँदैन। वाण लिएर अर्जुन चिता चढ्न तयार
भए। दुर्योधनका मामा
शकुनीले जयद्रथलाई भने,
शत्रु चितामा जलेर
खरानी भएको हेरेर
आत्मा शान्त पार।
जयद्रथ टुप्लुक्किए। त्यही
मौकामा कृष्णको इशारा
पाएर अर्जुनले वाण
प्रहार गरी जयद्रथको टाउको उडाइदिए। महाभारत कथाअनुसार भने अर्जुन मर्ने भए भनेर
कृष्णले लीला गरे।
सूर्य अस्ताउन एक
घडी बाँकी हुँदै
उनले सुदर्शन चक्रले सूर्यलाई छेकिदिए र
अन्धकार पारिदिए। अर्जुनले जयद्रथको हत्या गर्नेबित्तिकै चक्र
हटाइदिए। झलमल्ल घाम
लाग्यो।
धर्मयुद्धको उल्लंघन
भोलिपल्ट पन्ध्रौँ दिनको युद्धमा द्रोणले पाण्डव सेनालाई सोत्तर पारिदिए। द्रुपद, विराटलगायत वीर राजालाई मारिदिए। कृष्णले सुझाए,
'अश्वत्थामाको हत्या नगरी
आचार्यलाई शान्त गर्न
सकिन्न।' भीमले कृष्णको आशय बुझेर दशार्थ देशका अश्वत्थामा नामक
हात्तीलाई मारिदिए र
द्रोणले सुन्ने गरी
भने, 'तपाईं बेकारमा किन चम्किनुहुन्छ गुरुदेव? भर्खरै मैले तपाईंको छोरा अश्वत्थामालाई मारिसकेँ।' द्रोणले पत्याएनन्। 'युधिष्ठिरले भनेमात्र पत्याउँछु' भने। कृष्णको दबाबमा द्रोणका त्यति
ठूला विश्वासपात्र युधिष्ठिरले अर्धसत्य बोले, 'मान्छे हो
वा हात्ती, अश्वत्थामा मारिए।' 'मान्छे हो
वा हात्ती' भन्ने
वाक्यांश बोल्दा कृष्णले बेसरी शंख बजाए,
भीमले ठूलो स्वरमा हल्ला गरे। द्रोणले 'अश्वत्थामा मारिए' भन्ने
वाक्यमात्र सुने। उनी
हतियार त्यागेर तुरुन्त योगासनमा बसे। यसैबेला धृष्टद्युम्नले द्रोणको शीर
काटिदिए।
धनुर्विद्यामा कर्ण
अर्जुनभन्दा कम थिएनन्। अत्यन्त वीरतासाथ लड्दालड्दै कर्णको रथको पांग्रा हिलामा भासियो। हतियारविहीन उनी
पांग्रा उचाल्न गए।
यस्तो बेला विपक्षीमाथि प्रहार गर्नु युद्ध आचारसंहिताविरुद्ध थियो।
कृष्णको आदेश पाएर
यही मौकामा अर्जुनले वाण हानेर कर्णको बध गरे।
युद्धको अन्त्यमा कौरव पक्षका कृतवर्मा, अश्वत्थामा, कृपाचार्य र दुर्योधनमात्र बाँकी
रहे। दुर्योधन भागेर
द्वैपायन ह्रद नामक
तलाउमा लुकेर बसेका
थिए। युधिष्ठिरले चुनौती दिएपछि उनी भीमसँग गदायुद्ध गर्न तयार
भए। उनले भीमलाई आच्छुआच्छु पारे। कृष्णको इशारामा भीमले नियमविपरीत दुर्योधनको जाँघमा प्रहार गरे। दुर्योधनको कम्मर
भाँचियो। झेल गरेको
भनी कृष्णका दाजु
बलराम स्वयं गदा
उचालेर भीमलाई मार्न
तयार भए। कृष्णले बलरामलाई थुम्थुम्याए। दिक्क
हुँदै बलराम तीर्थयात्रामा हिँडे।
अन्त्यमा
खासमा,
कृष्णको जीवनकथा अनुपम
सफलताशास्त्र हो। उनकै
दूरदर्शिता र चलाखीका कारण पाण्डवहरूले लगभग
असम्भव युद्ध जिते
र राज्य पाए।
यी सबै 'भगवान्को लीला' ठहरियो। उनै
'भगवान्' का सन्तान ५६ कोटी यदुवंशी आपसमा काटामार गरेर
सखाप भए। एक
व्याधाको वाण लागेर
स्वयं कृष्णकै दुखद्
निधन भयो। यसलाई
पनि 'लीला' भनियो।
वास्तवमा सनातन समाजका यी
युगपुरुष महŒवाकांक्षालाई निरन्तर पछ्याइरहने अत्यन्त चलाख,
बौद्धिक र कूटनीतिक व्यक्ति थिए जसलाई
ईश्वर बनाएर वेदव्यासले 'महाभारत' लेखे। चलाखीपूर्वक प्रचारयन्त्र प्रयोग गरी उनी ईश्वर
र युधिष्ठिर सत्यवादी कहलिए। यही 'योग्यता'को अभावमा सत्य
र इमानमा निष्ठावान् महावीर कर्ण युद्धसंहिताविरुद्ध मारिए
र खलनायक ठहरिए।

No comments:
Post a Comment