Jaya/Bijaya

this is all about

Friday, August 19, 2016

विप्लबको जनयुद्ध २


नेपाली कम्युनिष्ट आन्दोलनमा जसरी प्रचण्ड , बाबुराम को नाम झट्ट लिने गरिन्छ् प्रचण्ड बाबुराम हुनु पछाडिको महत्वपुर्ण भुमिकाका बिषयमा सहयात्री युवा नेता नेत्र बिक्रम चन्द बिप्लब को पनि चर्चा हुने गर्छ । जुन कुरा बिप्लब आफैले धरै अन्र्तबार्तामा गर्वका साथ भन्छन् । भुमीगतकालमा रोल्पामा प्रचण्डको  सचीवालयमा रहेर झण्डै ४ बर्ष काम गरेका नेता बिप्लबले , जनयुद्धमा प्रचण्डलाई नेतृत्वको केन्द्रीकरण भन्दै नेतृत्वको सर्बशmतmीमान बनाउनुमा महत्वपुर्ण भुमिका खेलेका थिए ।  विप्लब लगायतको हार्डलाईनर युवा समुहले बाबुराम भटराई , राम बहादुर थापा लगयतका नेताहरुलाई पनि नेतृत्वमा अगािड सारेका थिए । प्रचण्ड सगँ निकै हिजमिचको सम्बन्ध रहेका बिप्लब बिस्तारै उनीबाट टाढा हुदैगए ्। आफु युवासमुहमा रहेका शतmी बस्नेत, बर्षमान पुन, नन्द किशोर पुन लगायतका सहयात्रिलाई प्रचण्डले काखि च्यापे पछि बिप्लब निराश बन्दै गएको बताइन्छ । रोल्पामा भएको बिस्तृत शान्ती सम्झौता कार्यान्वयन गर्ने जिम्मेवारिबाट नेतृत्व पछि हटे पछि , काँग्रेस , एमालेले धोका भएपछि अथवा उनकै शब्दमा दुई चार माओबादि बेचिए पछि पार्टि फुटाल्ने निहुमा सबैभन्दा पहिला तत्कालिन माओबादिका स्थायी समिती सदस्य बिप्लबले प्रचण्ड सगँ जुहारी सुरु गरेका थिए । अन्तत पार्टि फुटाई मोहन बैघको नेतृत्वमा नेकपा –माओबादि बनाउनु बिप्लबले ठुलो र महत्वपुर्ण भुमिका खेलेका थिए ।

नेकपा -माओबादि हुदै नेकपा माओबादि

प्रचण्ड र बाबुराम प्रतिक्रीयाबादि भएको भन्दै जनयुद्धका मुद्धाहरुलाई पुरा गर्ने अठोट सहित किरण को संयोजकत्वमा नेकपा माओबादि बनाएका बिप्लब छुटटै पािर्ट हुदा पनि नेतृत्व र कार्यनिती प्रति सन्तुष्ट बनेनन् । बरु ड्यास् माओबादि भित्रै छुट्टै भेला बनाएर अगाडि बढे । नवगठित माओबादिको कार्यशैलि र उनको उच्च महत्वकांक्षाले मेल नखाएको धेरैको बुझाई छ । आफ्नो निती चाहने बिप्लब अर्काको नेतृत्वमा हुदा आफु अनुकुल परिस्थीती बन्न सकेन । पार्टि बिभाजन भएको ढाई बर्ष नपुग्दै विप्लबले छुट्टै आफ्नो नेतृत्वमा पार्टि बनाउने उद्घोष गरे । केहि दिनमै चुलीदै गएको असन्तुष्टी नयाँ नेतृत्वमा तयार भयो । पार्टि अगल भएको घोषणा गर्न आयोजना गरेको पत्रकार सम्मलेनमा बिप्लबले भनेका थिए । इतिहासले मागेको अप्रीय निर्णय हो ।   पार्टिल्ो जनयुद्धको सपना पुरा गर्ने प्रष्ट उल्लेख गरे । जनताको अधिकार रक्षा र राष्ट्रीय स्वाधिनताको पक्षमा लड्ने घोषणा पनि गरे । प्रतिक्रीयाबाद र राष्ट्रघातका बिरुद्ध उठाइएका आवाज माथि कोई बाधक बन्न आए त्यसको प्रतिरोध वा सिध्याउने कडा रोश एबं चेतावनि पनी बताएका थिए । भुमिगत रुपमै नेकपा माअ‍ोबदि नाम रहने गरि कार्यक्रम सञ्चालन भइरहेको पार्टिले मुलत एकिकृत जनक्रान्तीको कार्यदिशा अघि सारेका छ । बिस्तृत शान्ती सम्झौताको कार्यान्वयन ,सर्बपक्षिया सहमति पनि भनेको छ । तर , राज्य सयंन्त्रबाट सिधै समाधान हुने कुरामा भने शंका रहेको माओबादिको बुुझाई छ । त्यसैले त बिप्लबले काठमाडौमा आफुनिकट अखिल का्रान्तीकारीका बिद्दार्थिहरुलाई प्रशिक्षणका क्रममा भनेका थिए अब राज्य बिरुद्ध प्रतिशोध युद्ध नै लड्ने हो । त्यसैले अहिले देशमा शान्ती भए जस्तो देखिएपनि देशमा जनयुद्ध चलिरहेको माओबादीको ठम्याई छ ।

                                                                                        आक्रामक कार्यक्रम
२०५२ सालमा माओबादिले युद्ध थाल्नु अघि सुरु गरेका गा्रमिण सचेतीरण अभयिान झै बिप्लबले पनि आफ्ना नेता कार्यकर्ता लाई प्रशिक्षण , बिभिन्न ठाउँमा भुमिगत शैलीमा कार्यक्रम गर्दै आएको छ । प्रचण्ड शैलीकै भुमिगत गतिबिधीहरु सञ्चालन हुदै आएका छन । प्रचण्ड भन्दा फरक रुपले जनक्रान्तीको कार्यदिशा अघि सार्दै सहर केन्द्रीत क्रान्ती हुने पनि बिप्लब बताउछन् । प्रचण्डले गाँउ हुदै सहर घेर्ने रणनिती अपनाएका थिए । हल्लाले त माओबादिले  युद्धको तयारि गरिराखेको भन्ने सम्म ब्याख्या अपब्याख्या हुन थालेका छन् । किरण नेतृत्वलाई छोडेर माओबादी एकता हुन गएका हरुलाई देखाउनु लाई भए नि पछिल्लो समय बिप्लब माओबादि आक्रामक शैलिमा प्रस्तुत भएको छ । गएको जेठ महिनामा मात्र उसले बिभिन्न  आक्रामक कार्यक्रम देखाएको छ । करनतिरेको भन्दै एनसेल माथि धावा, भ्रष्टचार , अनियमितता भएको भन्दै , सेभ द चिल्ड्रेनको गाडि तोडफोड, बिभीन्न भ्रष्ट ब्यतmी कर्मचारि हरुमाथि कालोमोसो दल्ने लगायतका कार्यक्रम अगाडि सारेको छ । जुन आक्रामक शैलिमा भएको देखिन्छ ।  तत्काललाई भ्रष्ट ब्यतmी हरु , सघंसस्थामाथी आक्रमण , कालोमाोसो दल्ने कार्यक्रम गर्दै गाउँ सहरबासीको मन जित्ने कार्य गर्ने र यसो गर्दा राज्य सयंन्त्रबाट सुरक्षाको लागी भए पनि सुरक्षा निकायको धरपकड बढि हुनेछ । माओबादीले पनि आफुमाथि दमन भए प्रतिरोध गर्ने भनेको छ । दमन तिब्र बन्दै जादा जनयुद्धको घोषणा हुने नजिर रहेको बुझाई बिश्लेषकहरुको छ । तर, माओबादीले भने युद्धको कुरा तत्काल नरहेको दाबि गर्दै आएको छ । ब्यापक दमनको स्थति सिर्जना भए , उत्कर्षमा जे पनी हुन सक्छ । अथवा हामि बन्दुक उठाउनु तयार हुने छौ भन्ने अभिब्यतmी बिप्लबले प्राय सबै कार्यक्रमहरुमा अभिब्यतm गर्दै आएका छन् । यहाँ स्थीती सामान्य बन्दै जाने मनसाय राज्य र बिद्रोही पक्षबाट देखिदैन जसले जनयुद्ध २ को सम्भावनाको बाटो देखाएको छ । 

          सर्बोच्च कमाण्डर बिप्लब 
   

प्रचण्ड नेतृत्वमै एकिकृत माओबादिमा छदा निकै हिचमिचकचो सम्बन्ध प्रचण्ड सगँ बिप्लबको थियो । प्रचण्ड सगँै हुदा पनी बिभीन्न कुराहरुमा प्रचण्डको खुलेरै आलोचना गर्नै बिप्लब किरण नेतृत्वमा आएपछि झनै आक्रामक भए । दोस्रो निर्बाचनमा जादा जनयुद्धका सम्झौता उल्लेख नगरेको बन्दै संबिधानको बिरोध गरे , निर्बाचन प्रकिकयामा पनि सहभागि भएनन् । आफ्ना सबै एजेण्डा छोडेर आत्मर्मपणबादी र पश्चगामी भएको भन्दै प्रचण्डको खुट्टा भाच्ने अभिब्यतmी बिप्लब समुहले दिएको थियो । यसबाट के देखिन्छ भने , बिप्लब माओबादि जनयुद्धका मुद्धाहरु जसरी पनि स्थापित गराउनु चाहन्छ भन्ने प्रष्ट देखिन्छ । त्यसैले पनी बेपतmा , सहिदहरुका सपना पुरा गर्न दृढ रहदा आफ्न्त पुर्ब लडाकुहरुको ठुलो साथ सहयोग बिप्लब माओबादीलाई छ । जुन बिस्तारै तिब्ररुपले बढ्दै जानेछ । बिप्लबको मिलनसार बानी, उच्च महत्वकांक्षा, नेतृत्व गर्न सक्ने क्षमता, आक्रामक अभिब्यतmी , दृढ , दुरदर्शिपन, बिश्वासी ,अनि राम्रो तार्किक क्षमताका कारण माओबादि तिब्र गतिमा अघि बढिरहेको छ । त्यसैले , कार्यकर्ता हरु जे भने पनि गर्न तयार छन् । जुन सफल नेतृत्वमा हुनु पर्ने गुणहरु बिप्लबमा रहेको बिज्ञहरुले पनि भन्दै आएका छन । बिप्लबबाट हुने अबको क्रान्तीमा धोका नपाइने आम नेपालीले पनि बिश्वास गरेका देखिन्छ । जसले बिप्लब आफ्ना कार्यकर्ता माझ नभएर राष्ट्रबादि , स्वाभिमानी नेपाली माँझ लोकप्रीय बन्दै गईरहेका छन । त्यसैले अबको क्रान्ती सर्वेाच्च कमाण्डर बिप्लबको नेतृत्वमा हुने निश्चीतप्राय छ ।

जनयुद्धबाट कता जान्छ देश ? 

बिप्लबले  रत्नपार्कमा भएको एक कार्यक्रममा भनेका थिए ,सिहंदरबारमा बसेर आवाज कुल्चीने दलालहरुका कारण युद्ध भड्किनेवाला छ , फेरि युद्ध भएछ भने ,म आफै १० बर्ष सम्म बन्दुक चलाउनु सक्छु ,सक्षम छु भनेका थिए । यसबाट युद्धको उन्माद उन्मा छ भन्ने प्रष्टै पार्छ । कार्यकर्ता त झन जोसीएका छन् । पुर्बलडाकुको निराशाले पनि फेरि ड्यानडुन् हुन सक्ने स्थति आउने खतरा देशमा छ । युद्ध भयो भने फेरि ठुलोे घाटा देशले भोग्ने बिप्लब आफैले भनेका छन् । धोका दिनले एकचोटि मात्रै दिनसक्छ भनेझै बिप्लब बाट धोका भए माओबादि आन्दोलनको जरानै नेपाली समाजबाट उक्लीने पनि निश्चीतप्राय छ  । अबको क्रान्ती सफल रह्यो भने देशले अर्को मोड लिन सक्छ । ४० बुदे शान्ती सम्झौता त लागुनै हुन्छ । समसामयीक जनभावना अनुसार अरु निर्णय माओबादिले गर्न सक्छ । 

शान्ती सम्झौता
युद्ध चर्किदै जादा २०५२ सालमा बिद्रोही पक्षबाट प्रचण्ड र राज्य पक्षबाट तत्कालिन कांग्रेस गिरीजाप्रसाद कोइराला बिच भएको हस्ताक्षर सहितको शान्ती सम्झौतामा निन्म ४० बुदाँहरु थिए । 


बिप्लब सगँ हतियार छ र ?

शान्ती प्रकियामा आउदा सबै हातहतियार राज्यलाई माओबादिले बुझाएको भनिए पनि तत्कालीन मोहनबैद्ध नेतृत्वमा रहेका जनमुतmी सेनाले हतियार आफुसगँै लगेको बताइन्छ । मोहन बैद्ध सगँ आएका कार्यकर्ता हरु अहिले बिप्लब माअ‍ोबादिमा छन् । बिप्लबले भने आफुहरु सगँ हतियार नभएको तर, आफुहरुको दिमागनै हतियार भएको अभब्यतmी दिदै आएका छन् । उनले भनेका थिए , आवश्यक पर्यो भने एक हप्तामा १ लाख सेना हामि निर्माण गर्न सक्छौ । पुर्ब लडाकुको ठुलो हिस्सा बिप्लब सगँ छ । कमाण्डर लगायत बिभिन्न पदमा बसेर जनयुद्ध सफल पारेका कार्यकर्ता माओबादि सगँ छ । त्यसैले पनि हतियार वा सेनाको समस्या उ सगँ छैन । तत्काललाई देश भरिने १० हजार जुझारु कार्यकर्ता माओबादि र प्रहरि चौकिमाथि धावा बोल्न सक्ने क्षमता मोओबादि सगँ रहेको बताइन्छ । यसबाट पनि बिप्लब माओबादि भयरहित भएर आफ्नो कार्यनिती अगाडि बढाईरहेको छ । अफ्नो लक्ष्ण पुरा गर्न निरन्तर कार्यरत छ । पुरानै जनयुद्धको पुनराबृतीमा बिप्लब रहेको आरोप पनि रहेको छ । तर , बिप्लबले बिभीन्न कार्यक्रम मार्फत खण्डन गर्दै आएका छन । 
राजाबादि ,राष्ट्रबादि सगँ सहकार्य गर्ने र उहाँहरुलाई पनि साथमा लिने निती बिप्लबको छ । जसबाट पनि बिप्लबलाई क्रान्ती गर्न सम्भब छ । प्रचण्डका अधुरा सपना माथि राजनिती गरिरहेका बिप्लबले खासै जवाफ दिनु पर्ने छैन । जोशीला युवाहरुको समुह बिप्लब सगँ छ । बिप्लबले सुरुदेखीनै माओबादिका मुद्धा समाधान गर्न भनेर सर्बपक्षिय सहमतिको बाटो भन्दै आएका थिए । यसमा राज्यले अथवा अन्य दलहरुले बेवास्ता गर्दै आए यो देशका निम्ती दुर्भाग्यपुर्ण हुन सक्छ । माओबादिले थालेका प्रारम्भीक नितीले निकै आक्रामक हुने संकेत देािएको छ । भोलिका दिनमा माओबादी गतिबीधी बिस्तार हुदै गए परिस्थीती सहज हुने छैन । हिजो माओबादीले ४० बुदे माग राख्दा गुलेली चलाउनु नजान्नेले युद्धको धम्की दिने भनेर उडाइएक्ैको थियो । ख्यालख्याल सम्झीएको माआबादिले देशमा बिध्वस। आधिहुरिनै ल्यायो । अहिलेको राजनिती पनि माओबादि युद्धमा उठेका बिषयमा घुमेको छ । फेरि आर्को माओबादिले  बिध्वसं मच्चाउने सुरसारमा छ । देशमा भ्रष्टचार , अत्याचार , लगायतका बिषयमा बिप्लब माआबादिले मुद्धा अघि सारको छ । जनमानसमा राज्य सगँ निरासा बढे त्यसको धारमा टेकेर माओबादि जन्मनी निश्चीत र्भसकेको छ । त्यसको ब्यबस्थापन हुन अहिलेको आवश्यकता हो  । नोपली राजनितीको माग हो । प्रयोगै प्रयोगमा ७० बर्ष बितेको नेपाली राजनिती अझै स्थीर भएको छैन । पछिल्लो २ दशक त प्रयोगको पराकाष्ट नै बनेको छ । अब कसरि देश अगाडि जाने भन्ने कुरा राज्य र बिद्रोहि पक्ष माआबादिको हातमा छ ।


विप्लब जनयुद्ध २ बारे भारतयि लेखक बर्माले मिती २०७३ जेठ २७,गते कान्तीपुरमा लेखेको लेख,



‘जनयुद्ध–२’ का संकेत

आनन्दस्वरुप वर्मा, काठमाडौं
जनतासँग विश्वासघात ती मान्छेले गरेका छन्, जसबाट उनीहरूलाई नयाँ नेपालको आशा थियो ।
गएको एक महिनाभित्र नेपालमा दुइटा महत्त्वपूर्ण घटनाहरू भए जेठ गते एनेकपा माओवादीका अध्यक्ष प्रचण्डले १० वटा संगठनहरूलाई समेट्दै नेकपा माओवादी केन्द्र नामक नयाँ पार्टीको गठन गरे त्यसको भोलिपल्ट काठमाडौंको सडकमा विप्लव नेतृत्वको नेकपामाओवादीको

आह्वानमा विशाल र्याली निस्कियो

र्यालीपछि आयोजित सभालाई सम्बोधन गर्दै नेत्रविक्रम चन्द (विप्लव) ले उनको पार्टीले जनयुद्धकालीन दिनहरूमा झैं पुन: गाउँस्तरमाजनसरकारजनअदालतगठन गर्ने प्रचण्ड नेतृत्वकोसक्रिय संशोधनवादको विरोध गर्ने घोषणा गरे त्यसको अघिल्लो साँझ नेकपा क्रान्तिकारी माओवादी पार्टीका अध्यक्ष मोहन वैद्य (किरण), नेकपामाओवादीका अध्यक्ष विप्लव कम्युनिस्ट न्युक्लियसका हेमन्तप्रकाश ओलीले संयुक्त वक्तव्य जारी गरी प्रचण्डको एकता अभियानको भत्र्सना गर्दै यसलाईदक्षिणपन्थी गुटहरूको एकताभने

सन् २०१२ मा जब कमरेड किरणसँग ठूलो संख्यामा पार्टीका सानाठूला नेताहरू अलग्गिए, त्यसबेला बुर्जुवा खेमामा खुसीको लहर दौडियो भारतको सत्ताधारी वर्ग लामो समयदेखि यस क्षणलाई कुरिरहेको थियो साथै अतीतमा उसले कैयौं हल्ला सहीझैं लाग्ने गरी यसरी फैलाइरह्यो कि नेपालका माओवादीहरू फुटिसकेका छन्, छिन्नभिन्न भइसकेका छन् तर, प्रत्येक पटक ती हल्ला भ्रम सावित भए

जब किरणले मूल पार्टीसँग सम्बन्धविच्छेद गरे, देशीविदेशी प्रतिक्रियावादी तत्त्वहरूबीच खुसी छायो तर, यसविपरीत सन् २०१४ मा जब विप्लवले पार्टी निर्माणको घोषणा गरे, उनै तत्त्वहरूबीच ठूलो डर पैदा भयो, जुन माओवादीहरूको छिन्नभिन्नताले खुसी भइरहेका थिए जून २०१२ मा विप्लवलेनेपाली क्रान्तिसामु रहेका चुनौतीहरूशीर्षक लेखमार्फत प्रचण्डले क्रान्तिमा विश्वासघात गरेको आरोप लगाए साथै उनले यसो पनि भनेका थिएयस विश्वासघातले निश्चित रूपमा संकट पैदा भएको तर त्यो प्राणघातक भने छैन हामीले यस चुनौतीको सामना गर्न सक्छौं यसका लागि हामीले चार वटा मुद्दाहरूमा ध्यान दिनुपर्ने हुन्छ उनका चार मुद्दा यी थिएक्रान्तिकारी विचारधारालाई जोगाउने, क्रान्तिकारी केन्द्रको निर्माण गर्ने, जनताको वैकल्पिक राज्य बनाउने क्रान्तिकारी संघर्षलाई अगाडि बढाउने

पछिल्ला १० वर्ष, जहाँबाट माओवादीहरू खुला राजनीतिमा आए, एकपछि अर्को यस्ता घटनाहरू हुँदै गए, जसले जनतामा निराशा बढाउँदै लग्यो माओवादीलेसामाजिक संरचनामा आमूल परिवर्तनको जुन सपना देखाएर जनतालाई हरेक प्रकारको त्याग बलिदान गर्न प्रेरित गरेका थिए, ती सपनाहरू टुक्राटुक्रा भइसकेका थिए बुर्जुवा राजनीतिका उतारचढाव तिगडमहरूको अन्त:हीन यात्रा सुरु भइसकेको थियो सन् १९९१ पछि जस्तो परिस्थिति तयार भएको थियो, त्यसमा पनि विश्वासघातको एउटा तत्त्व सामेल थियो तर, यो तत्त्व राजनीतिक दलहरूको प्रणालीबाट निर्मित थियो यस राजनीतिक प्रणालीमा जुन कम्युनिस्ट पार्टीहरू सम्मिलित थिए, ती क्रान्तिकारी थिएनन् तिनलाई तपार्इंऔपचारिक कम्युनिस्ट पार्टीभन्न सक्नु हुन्छ तर, आज परिस्थिति पहिलाको तुलनामा यसकारण भिन्न कि जनतासँग विश्वासघात ती मान्छेहरूले गरेका छन्, जसबाट उनीहरूलाई नयाँ नेपालको आशा थियो, जसले १० वर्षसम्म दुर्गमभन्दा दुर्गम क्षेत्रमा रहेर उनका लागि लडेका थिए

२० मेमा विप्लवको विशाल र्याली के कुराको प्रमाण हो भने जनताले यस पार्टीका नीतिहरूलाई मन पराएका छन् यसका साथै त्यो राजनीतिक नौटंकीको विरोध गरेका छन्, जुन मात्र एक दिनअघि काठमाडौंको राजनीतिक रंगमञ्चमा पोखिएको थियो त्यस दिन एमाओवादीमा विलयको पहल उनै बादलले गरेका थिए, जसले एकभन्दा बढी पटक सार्वजनिक मञ्चबाट प्रचण्डलाई भारतीय गुप्तचर एजेन्सीसँग जोड्दै आरोप लगाएका थिए यसमा मातृका यादव पनि सहभागी भए, जसले पछिल्ला चार वर्षहरूमा प्रचण्डलाई गाली गर्ने कुनै पनि अवसर हातबाट गुमाउन चाहेनन् आम मानिसहरूमा कस्तो धारणा भएको भनेजनयुद्धका दिनहरूमा भएका अपराधका सजायबाट जोगिन पनि ती सबै तत्त्व एकजुट भइरहेका छन् यसमा जनताको भलो सोच्ने कुरासँग कुनै सरोकार राखिएको छैन

जसले आज पनि सम्पूर्ण दुनियाँमा खास गरेर भारतमा फाँसीवादी शक्ति बलियो हुँदा अन्तर्राष्ट्रिय स्तरमा वस्तुगत स्थितिहरू निकै प्रतिकूल भएको हुनाले नेपालमा कुनै जनयुद्धको कल्पना गर्न सकिँदैन भन्ने ठान्छन्, उनीहरू भित्तोमा कुँदिएको समयको वास्तविक चित्र पढ्न नसक्नेहरू हुन् सन् १९९६ मा पनि वस्तुगत परिस्थिति निकै प्रतिकूल थियो राजतन्त्रलाई भारत चीन दुवैको समर्थन प्राप्त थियो अन्तर्राष्ट्रियस्तरमा सोभियत संघको पतन भइसकेको थियो पूरै विश्व एकध्रुवीय भइसकेको थियो सबै अमेरिकाको बोलीमा लोली मिसाइरहेका थिए निकारागुवादेखि पेरुसम्म क्रान्तिकारी ताकतहरूलाई निकै पछि हट्नुपरेको थियो यस्तो विषम परिस्थितिमा नेपालका माओवादीले जनयुद्ध सुरु गरेका थिए अन्तत: राजतन्त्रको समाप्ति गणतन्त्रको स्थापना भएको थियो यी पूरै परिघटनाविपरीत वस्तुगत परिस्थिति हुँदाहुँदै भएको थियो विप्लवले जसरी हतासामा डुबेका युवाहरूलाई निराश आम जनताको बीचमा नयाँ उत्साहको सञ्चार गराएका छन्, त्यो आमूल परिवर्तनकारी राजनीतिको सुरुवातका संकेत हुन्

फ्रान्सका महान् बुद्धिजीवी भिक्टर ह्युगोको यस कथनलाई कहिल्यै भुल्नु हुँदैनदुनियाँको ठूलोभन्दा ठूलो ताकतले त्यस विचारलाई रोक्न सक्दैन, जसको समय भइसकेको , आज नेपालमा एउटा नयाँ विचारको समय आइसकेको , जसलेजनयुद्धको संकेत गर्दैछ

1 comment:

Popular Posts