विप्लबको जनयुद्ध २
नेकपा -माओबादि हुदै नेकपा माओबादि
प्रचण्ड र बाबुराम प्रतिक्रीयाबादि भएको भन्दै जनयुद्धका मुद्धाहरुलाई पुरा गर्ने अठोट सहित किरण को संयोजकत्वमा नेकपा माओबादि बनाएका बिप्लब छुटटै पािर्ट हुदा पनि नेतृत्व र कार्यनिती प्रति सन्तुष्ट बनेनन् । बरु ड्यास् माओबादि भित्रै छुट्टै भेला बनाएर अगाडि बढे । नवगठित माओबादिको कार्यशैलि र उनको उच्च महत्वकांक्षाले मेल नखाएको धेरैको बुझाई छ । आफ्नो निती चाहने बिप्लब अर्काको नेतृत्वमा हुदा आफु अनुकुल परिस्थीती बन्न सकेन । पार्टि बिभाजन भएको ढाई बर्ष नपुग्दै विप्लबले छुट्टै आफ्नो नेतृत्वमा पार्टि बनाउने उद्घोष गरे । केहि दिनमै चुलीदै गएको असन्तुष्टी नयाँ नेतृत्वमा तयार भयो । पार्टि अगल भएको घोषणा गर्न आयोजना गरेको पत्रकार सम्मलेनमा बिप्लबले भनेका थिए । इतिहासले मागेको अप्रीय निर्णय हो । पार्टिल्ो जनयुद्धको सपना पुरा गर्ने प्रष्ट उल्लेख गरे । जनताको अधिकार रक्षा र राष्ट्रीय स्वाधिनताको पक्षमा लड्ने घोषणा पनि गरे । प्रतिक्रीयाबाद र राष्ट्रघातका बिरुद्ध उठाइएका आवाज माथि कोई बाधक बन्न आए त्यसको प्रतिरोध वा सिध्याउने कडा रोश एबं चेतावनि पनी बताएका थिए । भुमिगत रुपमै नेकपा माअोबदि नाम रहने गरि कार्यक्रम सञ्चालन भइरहेको पार्टिले मुलत एकिकृत जनक्रान्तीको कार्यदिशा अघि सारेका छ । बिस्तृत शान्ती सम्झौताको कार्यान्वयन ,सर्बपक्षिया सहमति पनि भनेको छ । तर , राज्य सयंन्त्रबाट सिधै समाधान हुने कुरामा भने शंका रहेको माओबादिको बुुझाई छ । त्यसैले त बिप्लबले काठमाडौमा आफुनिकट अखिल का्रान्तीकारीका बिद्दार्थिहरुलाई प्रशिक्षणका क्रममा भनेका थिए अब राज्य बिरुद्ध प्रतिशोध युद्ध नै लड्ने हो । त्यसैले अहिले देशमा शान्ती भए जस्तो देखिएपनि देशमा जनयुद्ध चलिरहेको माओबादीको ठम्याई छ ।
आक्रामक कार्यक्रम
प्रचण्ड नेतृत्वमै एकिकृत माओबादिमा छदा निकै हिचमिचकचो सम्बन्ध प्रचण्ड सगँ बिप्लबको थियो । प्रचण्ड सगँै हुदा पनी बिभीन्न कुराहरुमा प्रचण्डको खुलेरै आलोचना गर्नै बिप्लब किरण नेतृत्वमा आएपछि झनै आक्रामक भए । दोस्रो निर्बाचनमा जादा जनयुद्धका सम्झौता उल्लेख नगरेको बन्दै संबिधानको बिरोध गरे , निर्बाचन प्रकिकयामा पनि सहभागि भएनन् । आफ्ना सबै एजेण्डा छोडेर आत्मर्मपणबादी र पश्चगामी भएको भन्दै प्रचण्डको खुट्टा भाच्ने अभिब्यतmी बिप्लब समुहले दिएको थियो । यसबाट के देखिन्छ भने , बिप्लब माओबादि जनयुद्धका मुद्धाहरु जसरी पनि स्थापित गराउनु चाहन्छ भन्ने प्रष्ट देखिन्छ । त्यसैले पनी बेपतmा , सहिदहरुका सपना पुरा गर्न दृढ रहदा आफ्न्त पुर्ब लडाकुहरुको ठुलो साथ सहयोग बिप्लब माओबादीलाई छ । जुन बिस्तारै तिब्ररुपले बढ्दै जानेछ । बिप्लबको मिलनसार बानी, उच्च महत्वकांक्षा, नेतृत्व गर्न सक्ने क्षमता, आक्रामक अभिब्यतmी , दृढ , दुरदर्शिपन, बिश्वासी ,अनि राम्रो तार्किक क्षमताका कारण माओबादि तिब्र गतिमा अघि बढिरहेको छ । त्यसैले , कार्यकर्ता हरु जे भने पनि गर्न तयार छन् । जुन सफल नेतृत्वमा हुनु पर्ने गुणहरु बिप्लबमा रहेको बिज्ञहरुले पनि भन्दै आएका छन । बिप्लबबाट हुने अबको क्रान्तीमा धोका नपाइने आम नेपालीले पनि बिश्वास गरेका देखिन्छ । जसले बिप्लब आफ्ना कार्यकर्ता माझ नभएर राष्ट्रबादि , स्वाभिमानी नेपाली माँझ लोकप्रीय बन्दै गईरहेका छन । त्यसैले अबको क्रान्ती सर्वेाच्च कमाण्डर बिप्लबको नेतृत्वमा हुने निश्चीतप्राय छ ।
जनयुद्धबाट कता जान्छ देश ?
बिप्लबले रत्नपार्कमा भएको एक कार्यक्रममा भनेका थिए ,सिहंदरबारमा बसेर आवाज कुल्चीने दलालहरुका कारण युद्ध भड्किनेवाला छ , फेरि युद्ध भएछ भने ,म आफै १० बर्ष सम्म बन्दुक चलाउनु सक्छु ,सक्षम छु भनेका थिए । यसबाट युद्धको उन्माद उन्मा छ भन्ने प्रष्टै पार्छ । कार्यकर्ता त झन जोसीएका छन् । पुर्बलडाकुको निराशाले पनि फेरि ड्यानडुन् हुन सक्ने स्थति आउने खतरा देशमा छ । युद्ध भयो भने फेरि ठुलोे घाटा देशले भोग्ने बिप्लब आफैले भनेका छन् । धोका दिनले एकचोटि मात्रै दिनसक्छ भनेझै बिप्लब बाट धोका भए माओबादि आन्दोलनको जरानै नेपाली समाजबाट उक्लीने पनि निश्चीतप्राय छ । अबको क्रान्ती सफल रह्यो भने देशले अर्को मोड लिन सक्छ । ४० बुदे शान्ती सम्झौता त लागुनै हुन्छ । समसामयीक जनभावना अनुसार अरु निर्णय माओबादिले गर्न सक्छ ।
शान्ती सम्झौता
युद्ध चर्किदै जादा २०५२ सालमा बिद्रोही पक्षबाट प्रचण्ड र राज्य पक्षबाट तत्कालिन कांग्रेस गिरीजाप्रसाद कोइराला बिच भएको हस्ताक्षर सहितको शान्ती सम्झौतामा निन्म ४० बुदाँहरु थिए ।
बिप्लब सगँ हतियार छ र ?
शान्ती प्रकियामा आउदा सबै हातहतियार राज्यलाई माओबादिले बुझाएको भनिए पनि तत्कालीन मोहनबैद्ध नेतृत्वमा रहेका जनमुतmी सेनाले हतियार आफुसगँै लगेको बताइन्छ । मोहन बैद्ध सगँ आएका कार्यकर्ता हरु अहिले बिप्लब माअोबादिमा छन् । बिप्लबले भने आफुहरु सगँ हतियार नभएको तर, आफुहरुको दिमागनै हतियार भएको अभब्यतmी दिदै आएका छन् । उनले भनेका थिए , आवश्यक पर्यो भने एक हप्तामा १ लाख सेना हामि निर्माण गर्न सक्छौ । पुर्ब लडाकुको ठुलो हिस्सा बिप्लब सगँ छ । कमाण्डर लगायत बिभिन्न पदमा बसेर जनयुद्ध सफल पारेका कार्यकर्ता माओबादि सगँ छ । त्यसैले पनि हतियार वा सेनाको समस्या उ सगँ छैन । तत्काललाई देश भरिने १० हजार जुझारु कार्यकर्ता माओबादि र प्रहरि चौकिमाथि धावा बोल्न सक्ने क्षमता मोओबादि सगँ रहेको बताइन्छ । यसबाट पनि बिप्लब माओबादि भयरहित भएर आफ्नो कार्यनिती अगाडि बढाईरहेको छ । अफ्नो लक्ष्ण पुरा गर्न निरन्तर कार्यरत छ । पुरानै जनयुद्धको पुनराबृतीमा बिप्लब रहेको आरोप पनि रहेको छ । तर , बिप्लबले बिभीन्न कार्यक्रम मार्फत खण्डन गर्दै आएका छन ।
राजाबादि ,राष्ट्रबादि सगँ सहकार्य गर्ने र उहाँहरुलाई पनि साथमा लिने निती बिप्लबको छ । जसबाट पनि बिप्लबलाई क्रान्ती गर्न सम्भब छ । प्रचण्डका अधुरा सपना माथि राजनिती गरिरहेका बिप्लबले खासै जवाफ दिनु पर्ने छैन । जोशीला युवाहरुको समुह बिप्लब सगँ छ । बिप्लबले सुरुदेखीनै माओबादिका मुद्धा समाधान गर्न भनेर सर्बपक्षिय सहमतिको बाटो भन्दै आएका थिए । यसमा राज्यले अथवा अन्य दलहरुले बेवास्ता गर्दै आए यो देशका निम्ती दुर्भाग्यपुर्ण हुन सक्छ । माओबादिले थालेका प्रारम्भीक नितीले निकै आक्रामक हुने संकेत देािएको छ । भोलिका दिनमा माओबादी गतिबीधी बिस्तार हुदै गए परिस्थीती सहज हुने छैन । हिजो माओबादीले ४० बुदे माग राख्दा गुलेली चलाउनु नजान्नेले युद्धको धम्की दिने भनेर उडाइएक्ैको थियो । ख्यालख्याल सम्झीएको माआबादिले देशमा बिध्वस। आधिहुरिनै ल्यायो । अहिलेको राजनिती पनि माओबादि युद्धमा उठेका बिषयमा घुमेको छ । फेरि आर्को माओबादिले बिध्वसं मच्चाउने सुरसारमा छ । देशमा भ्रष्टचार , अत्याचार , लगायतका बिषयमा बिप्लब माआबादिले मुद्धा अघि सारको छ । जनमानसमा राज्य सगँ निरासा बढे त्यसको धारमा टेकेर माओबादि जन्मनी निश्चीत र्भसकेको छ । त्यसको ब्यबस्थापन हुन अहिलेको आवश्यकता हो । नोपली राजनितीको माग हो । प्रयोगै प्रयोगमा ७० बर्ष बितेको नेपाली राजनिती अझै स्थीर भएको छैन । पछिल्लो २ दशक त प्रयोगको पराकाष्ट नै बनेको छ । अब कसरि देश अगाडि जाने भन्ने कुरा राज्य र बिद्रोहि पक्ष माआबादिको हातमा छ ।
विप्लब जनयुद्ध २ बारे भारतयि लेखक बर्माले मिती २०७३ जेठ २७,गते कान्तीपुरमा लेखेको लेख,
‘जनयुद्ध–२’ का संकेत
- , काठमाडौं
जनतासँग विश्वासघात ती मान्छेले गरेका छन्, जसबाट उनीहरूलाई नयाँ नेपालको आशा थियो ।
गएको एक
महिनाभित्र नेपालमा
दुइटा महत्त्वपूर्ण घटनाहरू
भए । जेठ
६ गते एनेकपा
माओवादीका अध्यक्ष
प्रचण्डले १०
वटा संगठनहरूलाई समेट्दै
नेकपा माओवादी केन्द्र
नामक नयाँ पार्टीको
गठन गरे ।
त्यसको भोलिपल्ट काठमाडौंको
सडकमा विप्लव नेतृत्वको
नेकपा–माओवादीको
आह्वानमा विशाल
र्याली निस्कियो
।
र्यालीपछि
आयोजित सभालाई सम्बोधन
गर्दै नेत्रविक्रम चन्द
(विप्लव) ले उनको
पार्टीले जनयुद्धकालीन
दिनहरूमा झैं
पुन: गाउँस्तरमा ‘जनसरकार’
र ‘जनअदालत’ गठन
गर्ने र प्रचण्ड
नेतृत्वको ‘सक्रिय
संशोधनवाद’ को
विरोध गर्ने घोषणा
गरे । त्यसको
अघिल्लो साँझ
नेकपा क्रान्तिकारी माओवादी
पार्टीका अध्यक्ष
मोहन वैद्य (किरण),
नेकपा–माओवादीका अध्यक्ष
विप्लव र कम्युनिस्ट
न्युक्लियसका हेमन्तप्रकाश
ओलीले संयुक्त वक्तव्य
जारी गरी प्रचण्डको
एकता अभियानको भत्र्सना
गर्दै यसलाई ‘दक्षिणपन्थी
गुटहरूको एकता’
भने ।
सन् २०१२
मा जब कमरेड
किरणसँग ठूलो
संख्यामा पार्टीका
साना–ठूला नेताहरू
अलग्गिए, त्यसबेला
बुर्जुवा खेमामा
खुसीको लहर दौडियो
। भारतको सत्ताधारी
वर्ग लामो समयदेखि
यस क्षणलाई कुरिरहेको
थियो । साथै
अतीतमा उसले कैयौं
हल्ला सहीझैं लाग्ने
गरी यसरी फैलाइरह्यो
कि नेपालका माओवादीहरू
फुटिसकेका छन्,
छिन्नभिन्न भइसकेका
छन् । तर,
प्रत्येक पटक
ती हल्ला भ्रम
सावित भए ।
जब किरणले
मूल पार्टीसँग सम्बन्धविच्छेद गरे, देशी–विदेशी प्रतिक्रियावादी तत्त्वहरूबीच
खुसी छायो ।
तर, यसविपरीत सन्
२०१४ मा जब
विप्लवले पार्टी
निर्माणको घोषणा
गरे, उनै तत्त्वहरूबीच
ठूलो डर पैदा
भयो, जुन माओवादीहरूको
छिन्नभिन्नताले खुसी
भइरहेका थिए
। ५ जून
२०१२ मा विप्लवले
‘नेपाली क्रान्तिसामु रहेका
चुनौतीहरू’ शीर्षक
लेखमार्फत प्रचण्डले
क्रान्तिमा विश्वासघात
गरेको आरोप लगाए
। साथै उनले
यसो पनि भनेका
थिए– यस विश्वासघातले
निश्चित रूपमा
संकट पैदा भएको
छ तर त्यो
प्राणघातक भने
छैन । ‘हामीले
यस चुनौतीको सामना
गर्न सक्छौं र
यसका लागि हामीले
चार वटा मुद्दाहरूमा
ध्यान दिनुपर्ने हुन्छ
।’ उनका चार
मुद्दा यी थिए–
क्रान्तिकारी विचारधारालाई
जोगाउने, क्रान्तिकारी
केन्द्रको निर्माण
गर्ने, जनताको वैकल्पिक
राज्य बनाउने र
क्रान्तिकारी संघर्षलाई
अगाडि बढाउने ।
पछिल्ला १०
वर्ष, जहाँबाट माओवादीहरू
खुला राजनीतिमा आए,
एकपछि अर्को यस्ता
घटनाहरू हुँदै
गए, जसले जनतामा
निराशा बढाउँदै लग्यो
। माओवादीले ‘सामाजिक
संरचनामा आमूल
परिवर्तन’ को
जुन सपना देखाएर
जनतालाई हरेक
प्रकारको त्याग
र बलिदान गर्न
प्रेरित गरेका
थिए, ती सपनाहरू
टुक्रा–टुक्रा भइसकेका
थिए । बुर्जुवा
राजनीतिका उतारचढाव
र तिगडमहरूको अन्त:हीन यात्रा सुरु
भइसकेको थियो
। सन् १९९१
पछि जस्तो परिस्थिति
तयार भएको थियो,
त्यसमा पनि विश्वासघातको
एउटा तत्त्व सामेल
थियो । तर,
यो तत्त्व राजनीतिक
दलहरूको प्रणालीबाट
निर्मित थियो
। यस राजनीतिक
प्रणालीमा जुन
कम्युनिस्ट पार्टीहरू
सम्मिलित थिए,
ती क्रान्तिकारी थिएनन्
। तिनलाई तपार्इं
‘औपचारिक कम्युनिस्ट
पार्टी’ भन्न सक्नु
हुन्छ । तर,
आज परिस्थिति पहिलाको
तुलनामा यसकारण
भिन्न छ कि
जनतासँग विश्वासघात
ती मान्छेहरूले गरेका
छन्, जसबाट उनीहरूलाई
नयाँ नेपालको आशा
थियो, जसले १०
वर्षसम्म दुर्गमभन्दा
दुर्गम क्षेत्रमा रहेर
उनका लागि लडेका
थिए ।
२० मेमा
विप्लवको विशाल
र्याली के
कुराको प्रमाण हो
भने जनताले यस
पार्टीका नीतिहरूलाई
मन पराएका छन्
र यसका साथै
त्यो राजनीतिक नौटंकीको
विरोध गरेका छन्,
जुन मात्र एक
दिनअघि काठमाडौंको राजनीतिक
रंगमञ्चमा पोखिएको
थियो । त्यस
दिन एमाओवादीमा विलयको
पहल उनै बादलले
गरेका थिए, जसले
एकभन्दा बढी
पटक सार्वजनिक मञ्चबाट
प्रचण्डलाई भारतीय
गुप्तचर एजेन्सी
‘र’ सँग जोड्दै
आरोप लगाएका थिए
। यसमा मातृका
यादव पनि सहभागी
भए, जसले पछिल्ला
चार वर्षहरूमा प्रचण्डलाई
गाली गर्ने कुनै
पनि अवसर हातबाट
गुमाउन चाहेनन् ।
आम मानिसहरूमा कस्तो
धारणा भएको छ
भने– जनयुद्धका दिनहरूमा
भएका अपराधका सजायबाट
जोगिन पनि ती
सबै तत्त्व एकजुट
भइरहेका छन्
र यसमा जनताको
भलो सोच्ने कुरासँग
कुनै सरोकार राखिएको
छैन ।
जसले आज
पनि सम्पूर्ण दुनियाँमा
र खास गरेर
भारतमा फाँसीवादी शक्ति
बलियो हुँदा र
अन्तर्राष्ट्रिय स्तरमा
वस्तुगत स्थितिहरू
निकै प्रतिकूल भएको
हुनाले नेपालमा कुनै
जनयुद्धको कल्पना
गर्न सकिँदैन भन्ने
ठान्छन्, उनीहरू
भित्तोमा कुँदिएको
समयको वास्तविक चित्र
पढ्न नसक्नेहरू हुन्
। सन् १९९६
मा पनि वस्तुगत
परिस्थिति निकै
प्रतिकूल थियो
। राजतन्त्रलाई भारत
र चीन दुवैको
समर्थन प्राप्त थियो
र अन्तर्राष्ट्रियस्तरमा सोभियत
संघको पतन भइसकेको
थियो । पूरै
विश्व एकध्रुवीय भइसकेको
थियो र सबै
अमेरिकाको बोलीमा
लोली मिसाइरहेका थिए
। निकारागुवादेखि पेरुसम्म
क्रान्तिकारी ताकतहरूलाई
निकै पछि हट्नुपरेको
थियो । यस्तो
विषम परिस्थितिमा नेपालका
माओवादीले जनयुद्ध
सुरु गरेका थिए
। अन्तत: राजतन्त्रको
समाप्ति र
गणतन्त्रको स्थापना
भएको थियो ।
यी पूरै परिघटनाविपरीत वस्तुगत परिस्थिति
हुँदाहुँदै भएको
थियो । विप्लवले
जसरी हतासामा डुबेका
युवाहरूलाई र
निराश आम जनताको
बीचमा नयाँ उत्साहको
सञ्चार गराएका छन्,
त्यो आमूल परिवर्तनकारी
राजनीतिको सुरुवातका
संकेत हुन् ।
फ्रान्सका महान्
बुद्धिजीवी भिक्टर
ह्युगोको यस
कथनलाई कहिल्यै भुल्नु
हुँदैन– दुनियाँको ठूलोभन्दा
ठूलो ताकतले त्यस
विचारलाई रोक्न
सक्दैन, जसको समय
भइसकेको छ
। र, आज
नेपालमा एउटा
नयाँ विचारको समय
आइसकेको छ,
जसले ‘जनयुद्ध–२’
को संकेत गर्दैछ
।
again?
ReplyDelete