चुनौतीको पहाडमा उदाउने सुर्य
राजतन्त्रलाई प्रमुख शत्रुमान्ने माओबदि राजतन्त्रको अन्त्यपछि पुरानै प्रबृतीको भनेर नेपालि कांग्रेस लाई शत्रु मान्दै आएको थियो । तर आज त्यही दक्षिणपन्थी नेपालि कागं्रेसको सहयोगले वा भनौ टाउकाको मुल्य ५० लाख तोक्ने शत्रुको सहयोगले पुजिबादि ब्यबस्थाको सुन्दर पक्ष संसदीय प्रक्रीया बाट माओबादि एकता केन्द्रका अध्यक्ष प्रचण्ड कम्युनिष्ट बाट मुलुकको दुइ पटक प्रधानमन्त्री बन्न सफल भएका छन । २०५२ साल मा तत्कालिन प्रधानमन्त्री शेर बहादुर देउवा सगँ ४० शुत्रीय माग राख्दै संसदिय ब्यबस्थाको बिरुद्ध ससस्त्र बिद्रोह गरी अन्त्य र बन्दुकको नालबाटै सत्ताकब्जा गर्ने दाहाल आज २१ बर्ष पछि शेरबहादुर देउवा सगँै मिल्नुु र संसदिय खेलाडिको भुमिकामा स्थापित भएका छन ।
दसवर्षे सशस्त्र जनयुद्धको पृष्ठभूमिबाट आएका प्रचण्ड पहिलो संविधानसभाको सबैभन्दा ठूलो दलको नेताका रूपमा २०६५ भदौमा पहिलोपटक प्रधानमन्त्री निर्वा्चित भएका थिए । त्यतिबेलाको दोस्रो ठूलो दल एमालेको समर्थनमा ९ महिना संयुक्त सरकारको नेतृत्व गरेका दाहालले नेपाली सेनाका तत्कालीन प्रधानसेनापति रुक्मांगद कटवालको विवादास्पद बर्खास्ती प्रकरणमा उनले २०६६ वैशाख २१ मा पदबाट राजीनामा दिएका थिए । त्यसको ९ वर्षपछि उनी पुन नेपाली कांग्रेस सगँ भद्र सहमति गर्दै ९ महिनाकालागि सत्तामा आएका छन । यसपालि उनलाई संसदको ठूलो दल कांग्रेस र मधेसी मोर्चाले लगायत केहि साना दलले समर्थन गरेका छन् । मधेसी मोर्चाले उठाएका मागपुरा गर्नेसर्तमा मोर्चा सरकारमा जान तयार भएको हो । बिज्ञप्ती
एकल उम्मेद्धार रहेका प्रचण्डको पक्षमा कुल ५ सय ९५ सांसद संख्ष्या मध्ये ५७३ जनाले मतदान गरेकामा ३ सय ६३ पक्ष र बिपक्षमा २१० मत खसेको छ । उनि आज मिती ७३ साउन २० गते राष्टपतिबाट सपथ लिदै छन । र सानो मन्त्रीमण्डलको गठन आजै हुने र सपथ लिने कुरा पनि आएको छ । एमाले सगँ सहकार्य गरेर सरकारमा गएर अबिश्वासको प्रस्ताव दर्ता गराई आफ्नो नेतृत्वमा सरकार बनाएका प्रचण्डका सामु चुनौतिका पहाडहरु यथावत नै रहेकाछन । इतिहासले गल्ती गर्ने हरुलाई पटक पटक मौका दिदैन तर प्रचण्डले बिगतमा गरेका गल्ती भएपनि उनले दोस्रो पटक मौका पाएकाछन् । जनचाहना नभए पनि उनि जनताको प्रधानमन्त्री बनेका छन । यो नेपालि राजधनितीको सुन्दर र दुर्गन्धीत पक्ष के भनौ सबैले मुल्यांकन गर्ने बिषय हो ।
नेपालमा गणतन्त्र पछिका प्रधानमन्त्री
नेपालमा गणतन्त्र पछिका प्रधानमन्त्री
दश वर्षे जनयुद्धको जगमै उठेको ०६२–६३ को जनआन्दोलनले नेपालमा अढाई सय वर्षको राजतन्त्र को बिदाई गरिदियो र गणतन्त्रको स्थापना भयो । गणतन्त्र स्थापना भएको ९ वर्षमा ९ वटा प्रधानमन्त्री नेपालमा भएका छन ।
०६४ को चैतमा सम्पन्न भएको पहिलो संविधानसभा र संविधानको पहिलो बैठकले गणतन्त्र घोषणा ग¥यो । गणतन्त्र घोषणापछि दश वर्षे जनयुद्धको विरासतबाट आएको माओवादी पहिलो पटक ठूलो पार्टीको रुपमा निर्वा्चित हुन पुग्यो । संविधानसभाबाट गणतन्त्र स्थापना भएपछि तत्कालीन कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाको सरकारले ०६५ वैशाखदेखि भाद्रसम्म ४ महिना सरकार चलाए । अथवा निरन्तरता पायो । गिरिजाप्रसाद कोइरालापछि तत्कालीन नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गणतन्त्र नेपालको पहिलो निर्वा्चित प्रधानमन्त्री बने । उनले ०६५ भाद्रदेखि ०६६ को वैशाखसम्म सरकार संचालन गरे ।
प्रचण्डपछि नेकपा एमालेका तर्फबाट तत्कालीन वरिष्ठ नेता माधव कुमार नेपाल ०६६ को वैखाशमै प्रधानमन्त्री बने । यो बेला उनलाई भारतको आर्शिवाद पाएर प्रधानमन्त्री बनेको तत्कालीन एमाओवादी र प्रचण्डले आरोप लगाएका थिए ।माधव कुमार नेपाल प्रधानमन्त्रीको कुर्सीमा २० महिना बसे र उनले ०६८ को मंसिरमा राजिनामा दिए र उनको ठाउँमा एमालेका तत्कालीन अध्यक्ष झलनाथ खनाल प्रधानमन्त्री बने ।माधव नेपालपछि प्रधानमन्त्री बनेका खनालले जम्मा २०४ दिन अर्थात् ६ महिना मात्र काम गर्ने समय पाए ।झलनाथपछि तत्कालीन एमाओवादीका तर्फबाट डा.बाबुराम भट्टराई गणतन्त्र नेपालको पाँचौ प्रधानमन्त्री बन्न पुगे । उनी ०६८ भदौं देखि ०७० को असारसम्म प्रधानमन्त्रीको कुर्सीमा बसे । बाबुरामले प्रधानमन्त्रीमा रहेर काम गरेको समय ५६३ दिन अर्थात् १८ महिना काम गरे । बाबुरामपछि दलबिनाको प्रधानमन्त्रीका रुपमा खिलराज रेग्मी प्रधानमन्त्रीको हैसियतमा ०७० को असारमा मन्त्रीपरिषदको अध्यक्षमा सिंहदरवारमा प्रवेश गरे ।
खिलराजले ३३४ दिन अर्थात् १२ महिना प्रधानमन्त्रीको रुपमा काम गरे । उनले ०७० असारदेखि ०७१ को जेठसम्म काम गरे । मन्त्रीपरिषदका अध्यक्ष खिलराज रेग्मीको पालामा दोस्रो संविधानसभा निर्वाचन भयो । त्यो निर्वाचनमा नेपाली कांग्रेस पहिलो पार्टी बन्न पुग्यो । र कांग्रेस प्रधानमन्त्रीको रुपमा सुशील कोइराला आए । उनले ०७० पुषदेखि ०७२ असोज काम गरे । उनले ३० महिना काम गरे । सुशील कोइरालापछि प्रधानमन्त्रीको पदमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली ०७२ असोजमा पदभार ग्रहण गरे उनले ०७३ को साउनसम्म काम गरे । उनलाई भारतको डिजाइनमा प्रधानमन्त्रीको कुर्सीबाट ढालेर प्रचण्डलाई प्रधानमन्त्री बनाइएको एमाले नेताहरको आरोप छ । केपी ओलीले एक वर्षअघि असोजबाट अहिलेसम्म प्रधानमन्त्रीको कुर्सीमा जम्मा ११ महिना काम गर्न पाए ।केपी ओलीपछि सिंहदरवारको प्रधानमन्त्रीको कुर्सीमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गणतन्त्र नेपालको दोस्रो पटक प्रधानमन्त्री बन्न पुगेका छन् ।
पछिल्लो नेपाली इतिहासका महत्वपुर्ण र जिउदा पात्र प्रचण्ड नेपाली राजनितीका एक महत्वपुर्ण पात्र हुन । उनी भुमीगत हुदै सार्वजनिक जीवनमा आएको १० वर्ष बितेको छ । प्रचण्ड कस्तो ब्यतmीत्व हो भन्ने कुरा नेपाली जनताले अहिले प्रत्यक्ष अनुुभुत र जानकार नै रहेका छन । शान्ति प्रक्रियामा आएको १० वर्षको अवधिमा उनका ब्यबहार हरुको खण्डन र केहि राम्रा कुराको प्रसंसा समेत हुने गर्दछ । प्रचण्ड सम्बन्धी अनलाइन साइटमा छापिएका केहि बिबरणहरु
१. पारिवारिक कथा
पुष्पकमल दाहाल (प्रचण्ड) कास्कीको ढिकुरपोखरीमा वि.सं. २०११ साल मंसिर २६ गते जन्मिएका हुन् । उनका पिता मुक्तिराम दाहाल हुन् भने आमा भवानी दाहाल । प्रचण्डले ०२६ सालमा चितवनको शिवनगरस्थित नारायणी विद्यामन्दिरबाट एसएलसी पास गरे । त्यसपछि उनले ०२७ देखि ०२९ सम्म पाटन बहुमुखी क्याम्पसमा आइएस्सी पढे । त्यसपछि ०३१ देखि ०३६ सालसम्म चितवनको रामपुर कृषि क्याम्पसमा कृषिमा बीएस्सी गरे । उनले एमपीएसम्मको अध्ययन गरेका छन् । प्रचण्डको शुरुको नाम छविलाल दाहाल थियो । १० कक्षामा उनले आफ्नो नाम फेरेर पुष्पकमल दाहाल बनाए । ०३८ सालदेखि ०६३ सम्म भूमिगत रहेका प्रचण्ड कल्याण, विश्वास, निर्माण र प्रचण्ड लगायतका विभिन्न नामबाट पार्टी्भित्र चिनिन्थे । कास्कीबाट प्रचण्डको परिवार ०१९ सालमा चितवन शिवनगरमा बसाइँ सरेको हो । त्यहीँ रहँदा १५ वर्षकै उमेरमा प्रचण्डको ०२६ सालमा सीता पौडेलसँग विवाह भयो । उनीहरुबाट तीन छोरी र एक छोराको जायजन्म भएकोमा एक छोरीको गतसाल क्यान्सरबाट मृत्यु भयो । लाजिम्पाटमा पार्टीले उपलब्ध गराइदिएको भाडाको घरमा बस्दै आएका प्रचण्डका छोरा प्रकाश दाहाल उनका सहयोगीका रुपमा कार्यरत छन् । अर्की छोरी रेणु दाहाल पनि पार्टीमा सक्रिय छिन् । प्रचण्डले केही समय शिक्षकको भूमिका पनि निभाए । ०२९ सालमा उनले शिवनगरमा शिक्षकको भूमिका निभाएका थिए । ०३३ देखि ०३५ सम्म उनले नवलपरासीको डण्डा मावि र गोरखा आरुघाटको भीमोदय माविमा पढाए । ०३२ सालमा युएसएडमा जागिर खाए । एकताका उनले शाही सेनामा जागिर खाने सोचेका थिए, तर त्यता लाग्न सकेनन् ।
२. राजनीतिक यात्रा
कम्युनिष्ट पार्टीका संस्थापक नेता पुष्पलालको समूहबाट ०२८ सालमा कम्युनिष्ट पार्टीको सदस्य बनेर प्रचण्डको राजनीतिक यात्रा प्रारम्भ भएको हो । उनले ०३१ सालमा मार्क्सवादी अध्ययन समूह गठन गरे । ०३४ सालमा उनी निर्मल लामा र मोहनविक्रम सिंहहरुले नेतृत्व गरेको नेकपा (चौथो महाधिवेशन समूह) मा प्रवेश गरे । शुरुमा शिक्षण पेशासँग राजनीतिमा हात हालेका प्रचण्ड ०३५ सालमा पूर्णकालीन कार्यकर्ता (होलटाइमर) बने । त्यसपछि ०३६ सालमा चितवन जिल्ला कमिटी सदस्य हुँदै ०३८ सालमा क्षेत्रीय ब्युरो सदस्य एवं अखिल नेपाल युवक संघको केन्द्रीय महासचिव र त्यसपछि ०४० सालमा युवकको केन्द्रीय अध्यक्ष बने ।
पार्टीगत राजनीतिमा प्रचण्ड ०४१ सालमा नेकपा मशालको केन्द्रीय सदस्यमा निर्वा्चित भए । ०४६ सालमा पोलिटब्यूरो सदस्य बने । र, मोहन वैद्यलाई सेक्टरकाण्ड लागेसँगै कार्यवाहक महामन्त्री बनेका उनी ०४८ सालमा नेकपा एकताकेन्द्रको महामन्त्रीमा निर्वा्चित भए । ०५१ सालमा एकताकेन्द्रको नाम फेरेर नेकपा माओवादी राखियो । ०५२ सालदेखि माओवादी पार्टीले प्रचण्डको नेतृत्वमा जनयुद्ध सुरु र्गयो । ०५७ सालमा दोस्रो राष्ट्रिय सम्मेलनबाट महामन्त्री प्रचण्ड पार्टीको अध्यक्ष बने । अहिलेसम्म उनी अध्यक्ष नै छन् ।
प्रचण्ड ०५८ सालमा जनमुक्ति सेनाको सर्वोच्च कमाण्डर बने । यसक्रममा उनी केही वर्ष भारतमा आश्रय लिएर बसे । ०६३ असार २ गते बालुवाटारमा पत्रकार सम्मेलन गरी सार्वजनिक भएका उनी ०६५ साल साउनमा गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्री बने । उनी ०६९ मा हेटौंडामा सम्पन्न राष्ट्रिय सम्मेलनबाट फेरि पार्टीको अध्यक्षमा निर्वा्चित भए । पहिलो र संविधानसभामा रोल्पा २ र काठमाडौं १० बाट निर्वा्चित भएका प्रचण्ड दोस्रो संविधानसभामा सिरहा ५ बाट निर्वा्चित भए भने काठमाडौ १० बाट पराजीत बने । प्रचण्ड विगतमा नियमित लेखहरु लेख्ने गर्थे । उनका रचनाहरु संकलन गरेर किताब पनि निस्किएका छन् । नेपाली क्रान्तिका समस्याहरु भाग १ देखि भाग ३ सम्म प्रकाशित छन् भने प्रचण्डका छानिएका रचना भाग १ र २ प्रकाशित छन् ।
३. प्रचण्डको सबल पक्ष
प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)को व्यक्तित्व, वाकपटुता एवं परिस्थितिअनुसार लचक हुन सक्ने क्षमता उनका सकारात्मक पक्षहरु हुन् । उनी जड छैनन् । तुरुन्तै नयाँ निर्णय गर्ने र जोखिम मोल्ने क्षमता उनीसँग छ । उनी विपक्षीप्रति दीर्घकालीन ‘इगो’ राख्दैनन् र जोसुकैसँग पनि मिलेर अघि बढ्न सहज छन् । कमजोरी र गल्तीलाई सहजै आत्मसाथ गर्छन् ।जनयुद्धमा जाने घोषणा गर्दा होस् वा सशस्त्र विद्रोहलाई शान्ति सम्झौतामा टुङ्याउने विषयमा नै किन नहोस्, प्रचण्डले जोखिमपूर्ण निर्णय गरेकै हुन् । भनिन्छ, राजनेता हुनका लागि भिजन र ह्याउ दुबै चाहिन्छ । प्रचण्डमा ह्याउ छ । प्रचण्डको अर्को सकारात्मक पक्ष भनेको उनको ‘हाइट’ हो । शान्ति सम्झौता गर्दा तत्कालीन प्रधानमन्त्री एवम् कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालासँग हस्ताक्षर गर्नेमध्ये एक जीवित नेता हुनुको नाताले उनले आफूलाई गिरिजाकै स्तरमा राखेर हेर्ने गरेका छन् । साथै भारत, चीनलगायत अन्तरराष्ट्रिय समुदायले पनि प्रचण्डलाई नेपालका एक प्रखर नेताका रुपमा मान्यता दिने गरेको सौभाग्य छ उनीसँग । विद्रोहबाट पार्टी हाँकेर आएको अनुभवका कारण प्रचण्डमा पार्टी सञ्चालन गर्ने कूटिलता पनि देखिन्छ । भलै यतिबेला उनको पार्टी खिइएर सानो भएको अवस्था छ । तर, उनी महत्वाकांक्षी नेता हुन् । प्रचण्डको महत्वाकांक्षा, उनले हासिल गरेको उचाइ, जोखिमपूर्ण निर्णय गर्ने क्षमता र विद्रोहको पृष्ठभूमिलाई एकीकृत अभ्यासमा ढाल्न सके भने प्रचण्ड एकजना सम्भावना बोकेका नेता हुन् ।
४. प्रचण्डको ‘लिमिटेसन’
प्रचण्डका सबल पक्षहरु भन्दा उनका कमजोर पक्ष बढी देखिन थालेको छ पछिल्लो समयमा । जस्तो कि उनमा देखिने परिवर्तनशील व्यवहारलाई अस्थिर चिन्तनका रुपमा धेरैले लिने गरेका छन् । हुन त प्रचण्डले निश्चित अडान राखिराखेको भए शायद यतिबेला उनी जनयुद्धमा मारिइसकेका हुने थिए वा पेरुका गोञ्जालोजस्तै जेलमा हुने थिए । या त जंगलमै रहेर भारतीय नक्सलाइटहरुले जसरी गुरिल्ला युद्ध गरिरहेका हुने थिए । तर, प्रचण्डले त्यसो गरेनन् । शान्ति प्रक्रियामा आउनु प्रचण्डको सकारात्मक कदम भइकन पनि उनले यति धेरै उतार(चढाव र आवेगपूर्ण कामहरु गरे कि यसबाट उनको वैचारिक अडानमाथि नै प्रश्न उठ्ने गरेको छ । संविधान बनाउँदा प्रत्यक्ष निर्वा्चित शासकीय स्वरुपमा सम्झौता गर्नु, आदिवासी, जनजाति र मधेसीका मुद्दाहरुमा अडान राख्न नसक्नु र खासगरी संसदीय संघर्षमा आफूलाई अब्बल प्रमाणित गर्न नसक्नु प्रचण्डका कमजोरी हुन् ।उनी पार्टीमा खुल्लापन भन्दा पनि अन्तरविरोधमा खेल्ने नीति लिन्छन् । मुलुकको राजनीतिमा पनि उनको तरिका यही नै रहने गरेको थियो विगतमा । तर, कतिपय समयमा उनी स्टेटम्यानसीप पनि देखाउन खोज्छन् । झलनाथ खनाल र केपी ओलीलाई प्रधानमन्त्री बनाउने बेलामा प्रचण्डले राष्ट्रवादी अडान लिएका थिए । अहिले ओलीलाई हटाउँदा उनीमाथि भारतपरस्त नेताको आरोप लागेको छ । प्रचण्डको परिवर्तित कार्यनीतिको प्रतिक्रियास्वरुप यस्ता कुराहरु आउने गरेका हुन् । प्रचण्डले पार्टी सञ्चालनमा पनि जननीति अख्तियार गर्न सकेका छैनन् । उनी निश्चित कार्यकर्ता र विश्वासपात्र (एसम्यान)हरुबाट घेरिएर बस्छन् । र, उनीहरुकै कारण प्रचण्ड साँघुरिँदै गएका छन् । मोहन वैद्य र बाबुराम भट्टराईले छाडेर हिँडिसकेपछि प्रचण्डसँग भरपर्दो सहयोगी नेताको टीम छैन । संसदीय राजनीतिमा बादल क्षमताहीन प्रमाणित भइसकेका छन् । नारायणकाजीलाई प्रचण्डले भित्रीरुपमा विश्वास गर्दैनन् । देव गुरुङ, मणि थापा, जयपुरी घर्ती र मात्रिका यादवहरुले प्रचण्डलाई अहिले सल्लाह त दिन्छन्, तर यो सल्लाह अहिलेको संसदीय राजनीतिमा ‘डेट एक्स्पायर’ भइसकेको छ, जसले प्रचण्डको सेवा गर्न सक्दैन, फसाउनमा सहयोग गर्छ । छोटकरीमा भन्दा प्रचण्डको सचिवालय वा मुख्य टीम अशक्त छ । यो नै प्रचण्डको कमजोरीको मुख्य स्रोत हो ।
प्रचण्डमाथि पारदर्शिताको पनि प्रश्न उठ्ने गरेको छ । अमरेशकुमार सिंहदेखि अजय सुमार्गी हुँदै ल्हारक्याल लामासम्मको उनको उठबसलाई लिएर धेरै कुराहरु सुनिन्छन् । ल्हारक्यालले सभासदको टिकट पाउन अपार्टमेन्ट र गाडी दिएकोसम्मका चर्चाहरु राजनीतिको बजारमा व्याप्त छन् । यस्तो कुरा प्रचण्डको सचिवालयबाट न खण्डन हुन्छ, न खण्डन गरेर नै कसैले पत्याउने स्थिति छ । लगभग विजयकुमार गच्छदार, दीपक बाहोराकै जस्तो आर्थिक प्रश्नहरु प्रचण्डमाथि उठ्ने गरेका छन्, जुन प्रचण्डलाई कमजोर पार्ने एउटा गतिलो पक्ष बनेको छ । संसदीय विकृत राजनीतिको विरोध गर्दै विद्रोहबाट आएको माओवादीले सादगीपूर्ण एवं जनताप्रति उत्तरदायी खालको व्यवहार देखाउनुपर्ने हो । तर, प्रचण्ड पनि विजय गच्छदारको जस्तै विकृत एवं भ्रष्ट राजनीतिको पक्षपोषण गर्छन् भन्ने ‘पब्लिक पर्सेप्सन’ बनेको छ, जुन प्रचण्डको राजनीतिक ‘बिजनेस’मा सबैभन्दा ठूलो ‘घाटा’ हो । राजनीतिक हिसाबले भन्दाखेरि प्रचण्ड राजनीतिलाई जनताको शक्तिमा आधारित खेलभन्दा पनि ‘सम्भावनाहरुको खेल’ मान्छन् । प्रचण्डले बुझ्न नसकेको कुरो नै यही हो कि जनताबाटै कटिसकेपछि राजनीतिमा कुनै सम्भावनाहरु बाँकी रहँदैनन् । त्यसैले सम्भावनाहरुभन्दा पनि राजनीति भनेको जनताको समर्थन र विश्वासको खेल हो । र, जनताको विश्वास जित्नका लागि राजनेतामा ‘धनबल’ हैन, ‘नैतिक बल’ चाहिन्छ । दलगत सन्तुलनको जोड घटाउका आधारमा विश्लेषण गर्दा ९ महिनाका लागि प्रधानमन्त्री बनेका प्रचण्डका सामुन्नेमा नेकपा एमालेजस्तो बलियो प्रतिपक्ष छ । प्रचण्डका साथमा चाँहि कांग्रेस र मधेसवादीजस्ता अलोकप्रिय एवं सत्ताका भोका दलहरु र तिनका अलोकप्रिय नेताहरु छन् । साना कम्युनिष्टदेखि बाबुराम र विप्लवसम्म प्रचण्डको विपक्षमा खडा छन् । शहरको मध्यम वर्ग, मिडिया र ‘राष्ट्रवादी’ जनमत प्रचण्डमाथि शंकालु दृष्टिले हेरिरहेको छ । मधेसी र आदिवासी जनजातिहरुले पनि प्रचण्डलाई शंकालु नजरले नै हेरेका छन् । अन्तरराष्ट्रिय समुदायले प्रचण्डलाई शंकाको सुविधा दिइरहेको अवस्था छ । यो परिस्थितिमा प्रचण्डले आफ्ना कमजोरीहरु सुधारेनन् भने उनी असफल नेतामा रुपान्तरित हुने खतरा देखिन्छ ।
५. चुनौती
प्रचण्डका सामुन्नेमा विगत, आगत र भविश्यको धुमिल चित्र देख्न सकिन्छ । उनी विगतबाट मुक्त छैनन्, जसलाई विगतको १० वर्षे जनयुद्धले जीवनभरि पछ्याइरहनेछ । जनयुद्धकालका हजारौं सहीद, घाइते, बेपत्ता परिवार एवं पूर्वलडाकूहरुका कारण प्रचण्डलाई विगतले सहजै बिर्सन दिँदैन । शेरबहादुर देउवा र केपी ओलीकोभन्दा प्रचण्डको विगत बढ्ता उल्झनपूर्ण एवं अनुबन्धपूर्ण छ । आगतको कुरा गर्दा प्रचण्ड असाध्यै चुनौती नै चुनौतीको भुङ्रोमाथि नाचिरहेको अवस्थामा छन् । वर्तमानमा गरिने सानोभन्दा सानो गलत निर्णयले उनको राजनीतिक भविश्य नै धरापमा पारिदिन सक्छ । एकातिर आगामी चुनावमा पार्टीको भोट झनै खस्कने डर छ भने अर्को्तिर संविधान कार्यान्वयन र शान्ति प्रक्रिया नै धरापमा पर्न सक्ने डर पनि छ । एमाले र कांग्रेसजस्ता ठूला शक्तिहरुसँग माओवादीले प्रतिस्पर्धा गर्नुपर्नेछ । जनजाति मधेसी, थारु लगायतका आफैंले उठाएका मुद्दाहरुको किनारा पनि आफैंले लगाउनुपर्ने स्थिति छ । आफ्नो पार्टी कमजोर मात्रै छैन, साथ दिनेहरुको पनि संकट छ । यो अवस्थामा प्रचण्डका लागि वर्तमान भोगाइ विगतको लखेटाइभन्दा जब्बर एवं चुनौतिपूर्ण देखिन्छ । र, उनको दलको राजनीतिक भविश्य पनि यही विगत र आगतको टकरावबाट उत्पन्न लाभाभित्र रुमलिएको छ ।
जनयुद्धका एक प्रमुख कमाण्डर , नवनिर्वा्चित प्रधानमन्त्री प्रचण्ड संसदीय ब्यबस्थाको टुपीमा चढेर रमाइरहदा उनका सहयात्री र जनयुद्ध उपलब्धी मुलक बनाउन सघाउने बाबुराम भट्टराई माओबादनै फेल भयो भन्दै नयाँ शक्ती नामको पाटिले चुनौति दिइरहका छन । पाटि अलग बनाएका मोहन बैद्य, नेत्रबिक्रम चन्द बिप्लब , संसदीय ब्यबस्थाको जरै उखेल्न र नयाँ जनसत्ता स्थापना गर्न जनक्रान्ती भन्दै दोस्रो जनयुद्धको धम्की दिइरहेका छन । मुलुक कहाँ , कति , कसरि र कुन हिसाबले अगाडि बढ्नेहो चुनैती थुप्रैरेहेका छन । आम जनताले चाहेको शान्ती समृद्धी हो नेतृत्वले पुरा गर्न सक्नु आजको अपरिहार्यता हो ।







No comments:
Post a Comment