अस्तीरताको काम छैन ?
दश बर्ष शसस्त्र जनयुद्ध लडेका एक हस्ती पुष्पकमल दाहाल प्रचण्ड अबको बुधबार नेपालको ३९औ प्रधानमन्त्री बन्दैछन । बर्तमान सुशिल कोइराला सरकारमा फेरि कोइरालानै प्रधानमन्त्री बन्ने दुष्शाहस वा कसैको जालझेलमा परि (केहि राजनितीक बिश्लेषकका भनाइमा) प्रधानमन्त्री बन्न असफल पार्नमा एमाले माओबादि गठबन्धन जसरि जोडिएको थियो । मिलनको त्यो डोरि बदलिदो नेपालि कांग्रेस र माओबादि गठबन्धनले टुटाइदिएको छ । नेपालको राजनितीक परम्परा मा जसरि कांग्रेस सत्ता बिना पानि बिनाको माछा झै तडपिन्छ ,भन्ने कतिपयको बिश्लेषण छ ,सत्तागठबन्धनमा सहभागि एक प्रमुख दल माओबादिलाई साथमा लिएर काँग्रेस प्रचण्ड नेतृत्वमा सरकार बनाउनु सफल भएको छ ।
जसरि ओलि नेतृत्वको सरकार बनाउन माओबादि केन्द्र र एमाले बिच भएको भनिएको सहमतिले अोलिका दुरशर्शि कुरा धरापमा परेका छन । यो चालाले अब बन्ने सरकारलाई वा प्रचण्ड नेतृत्वको सरकारले अघिसारेका कुरा पनि धरापमा पर्न जाने निश्चीत नै छ । आफुलाई सभापति निर्बाचन गर्नेलाई सत्ताको कुर्सि खुवाउने कांग्रेस सभापति शेर बहादुुर देउवाको बाचा बिच बनिरहेको यो गठबन्धनमा गोप्य सहमतिले प्रचण्ड नेतृत्वको सरकार पछि काँग्रेस सत्तामा आउने अनुमान गर्न गाह्रो छैन । र यसबिचमा हुने आवत जावतले सरकार बन्नु र अलग हुनु मा स्थानिय निकायको निर्बाचन , संबिधान कार्यान्वयन लगायत देशले कुनै प्रगतिको बिबरण हात नपार्ने परिस्थीती कायमनै रहनेछ । संसदबादि सरकारमा सांसद किन्ने वा सांसद हुकुमबाचि होडमा प्रधानमन्त्री बन्ने प्रबृतीले नेपालि राजधानिलाई कहिल्यै पनि स्थीरता दिन नसक्न गणतान्त्रीक शासन ब्यबस्थाको मर्म नै हो । जसको परम्परा बसिसकेको छ । देशमा लोकतान्त्रीक शासन पद्धति भनेपनि पार्टि बरिष्ट नेता वा उ प्रमुख भएकोले सबै दल भित्रका नेता तथा सांसद हरुले उ मन्जुर आफ्नो स्वतन्त्रताको हक गुमाउने बातावरण बन्नु कुन चाहि राजनितीक पबृती हो भन्ने प्रश्न उठाउनु आम जिम्मेवार सबै सरोकारवालाको मनमा हुनुपथ्र्यो । त्यो नहुदा आज जनताका चाहना र आबश्यकता पुरा गर्छु भन्दै जनता सगँ भोट माग्नेले भोटबाटै पैशा कमाउने धन्दा अघि सारेका छन । यसले कुनै पनि पाटि, देश र जनताको अपेक्षा पुरा गर्न नसक्ने निश्चीत प्राय छ । त्यसैले आजको आबश्यकता सरकार आवत जावत गर्नु वा हुनु भन्दा पनि नेपालमा राजधनितीक स्थीरता हुनु हो । जनताका भावना पुरा गर्छु भन्नेले ब्यबहारत लागु हुन नसक्दा जुन संस्कृती बिकास भैरहेको छ । यो संस्कृती हस्तान्तरण भन्दा पनि संस्कृतीको बिकास र बिकसित घटनाक्रमले आउदो पुस्तालाई अगाडि बढाउने कुरा महत्वपुर्ण हुन सक्छ । आजको आबश्यकता बिकसित संस्कृती निर्माणमा केन्द्रीत हुनु पर्ने बेला माथि सबैको नजर गढ्नु अपरिहार्य हो । यि कुरा माथि सबैले बिचार पुर्यान । नेपाल र नेपालीको प्रगति र उन्नतीको दिशा नेपाल र नेपालिको हितमा राजनिती गर्छु भन्ने माथि नै रहेको छ । देशमा हुने अस्थीरता कसैको हितमा छैन । अस्थीरताका बिरुद्ध समृद्ध सुशासन र सु संस्कार बिकासमा केन्द्रीत हुुनु पर्छ ।


ku culture
ReplyDelete